२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल–८ मिलनपथ सडक विस्तारमा केही घरधनी असहमत

बुटवल–८ मिलनपथ सडक विस्तारमा केही घरधनी असहमत

बुटवल–८ मिलनपथ सडक विस्तारमा केही घरधनी असहमत

बुटवल–८ मिलनपथ सडक विस्तारमा केही घरधनी असहमत

बुटवल–८ मिलनपथ सडक विस्तारमा केही घरधनी असहमत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • बुटवल । बुटवलको मिलनचोकदेखि पूर्वतर्फको मिलन पथ सडक विस्तार विवादित बनेको छ । घरहरु बनिसकेपछि बनेको सडक मापदण्ड अनुसार केही  घरधनीले संरचना हटाउन नमानेपछि सडक विस्तार कार्य विवादित बनेको हो ।
    बुधबार सडक सीमाभित्र अतिक्रमण भएको क्षेत्र छुट्याएर पुनः नापजाँच तथा रेखांकन गर्न पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका छन् । सडक विस्तारका लागि पटक–पटक प्रयास भए पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न नसकेको बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले बताए ।
    उनका अनुसार मिलनचोकदेखि सुन्दरचोकसम्म करिब १८० मिटर सडक यसअघि नै विस्तार भइसकेको छ । बाँकी करिब १५० मिटर सडक भने स्थानीयको अवरोधका कारण निर्माण हुन सकेको छैन ।
    मिलन पथमा २०५६ सालमै ४१ फिट सडक कायम गरिएको भए पनि सडक क्षेत्रमा बनेका संरचना नहटाउँदा सडक विस्तारमा समस्या भएको वडाध्यक्ष पंगेनीले बताए । ‘यो क्षेत्रमा पर्ने केही घरधनीले सडक क्षेत्रमा परेका संरचना हटाइसक्नुभएको छ । बाँकी रहेका केही घरका कारण बजेट हुँदाहुँदै पनि सडक सम्पन्न हुन सकेको छैन,’ उनले भने ।
    यसअघि प्रदेश सरकारको ५० लाख र वडा कार्यालयको १८ लाख रुपैयाँ बजेटबाट सडक विस्तारको काम गरिएको थियो । सडक विस्तारका लागि बजेट विनियोजन भए पनि स्थानीयको अवरोधका कारण पटक–पटक बजेट फिर्ता गएको वडाध्यक्ष पंगेनीले बताए । चालु आर्थिक वर्षमा पनि सडक सम्पन्न गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
    स्थानीयले भने पुराना संरचना हटाउँदा आफूहरूको सहमति र अधिकारलाई बेवास्ता गर्न नहुने बताएका छन् । स्थानीय टुकबहादुर क्षेत्रीले पञ्चायतकालमै नापजाँचलगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर सडक निर्माण भएकाले अहिले स्थानीयको सहमतिबिना घर भत्काउन नहुने बताए । वडा नं ८ मा यस्तो समस्या अन्य धेरै सडकमा भएपनि बारम्बार मिलनपथमा मात्र आतंकित बनाउने काम भएको दावी गरे ।  ‘त्यतिबेला नापजाँचलगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर सडक निर्माण गरिएको हो । अहिले नगरपालिकाले विभिन्न मापदण्डका नाममा स्थानीयको सहमतिबिना घर भत्काउन पाउँदैन,’ उनले भने, ‘हामी विकास विरोधी होइनौँ तर विकास निर्माण गर्दा स्थानीय जनताको भावनालाई पनि बुझ्नुपर्छ ।’
    बजेट विनियोजन भइरहे पनि सडक सीमामा रहेका संरचना हटाउने विषयमा सहमति जुट्न नसक्दा सडक विस्तारको काम प्रभावित भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij