२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बीभावना नेल्स मेकअप स्टुडियोद्वारा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

बीभावना नेल्स मेकअप स्टुडियोद्वारा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

बीभावना नेल्स मेकअप स्टुडियोद्वारा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

बीभावना नेल्स मेकअप स्टुडियोद्वारा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

बीभावना नेल्स मेकअप स्टुडियोद्वारा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • बुटवल।  बुटवल–११ कालिकानगरस्थित बीभावना नेल्स मेकअप स्टुडियोले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसर पारर प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।


    स्टुडियोले सञ्चालन गरेको नेल्स, नेल्स एक्स्टेन्सन तथा ल्यासेससम्बन्धी दुईमहिने व्यावसायिक तालिम पूरा गरेका प्रशिक्षार्थीलाई  मणिग्राममा आयोजित एक कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिन् ।


    उपप्रमुख अर्यालले सौन्दर्यसम्बन्धी सीपमूलक तथा व्यावसायिक तालिमले स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पुग्ने बताइन् । उनले सीप सिकेर त्यसलाई व्यावसायिक रूपमा व्यवहारमा उतार्न सके रोजगारीका लागि अरूमाथि निर्भर हुनुपर्ने अवस्था कम हुने धारणा राखिन् ।


    उनले सौन्दर्य व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन सीप, दक्षता र निरन्तर सिकाइ आवश्यक रहेको बताउँदै तालिम लिएका व्यक्तिले आफ्नो सीपलाई आम्दानीको माध्यम बनाउनुपर्नेमा जोड दिइन् ।


    कार्यक्रममा नेपाल ब्युटिसियन संघ तिलोत्तमाकी अध्यक्ष अन्जना केसी, ब्यूटी हवकी निर्देशक सिता ध्वजूसहितले पनि कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    वक्ताहरूले सौन्दर्य व्यवसायमा नयाँ प्रविधि र सीपको विकाससँगै दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको बताएका थिए ।


    संस्थाका सल्लाहकार सन्तोष थापाले सौन्दर्य क्षेत्रमा महिलाको सहभागिता र उद्यमशीलता बढाउन यस्ता व्यावसायिक तालिम उपयोगी हुने बताए । उनले  अब बुटवल बाहिर प्रदेशका विभिन्न स्थानमा पनि तालिम सञ्चालन गर्न सुझाव दिए । 


    स्टुडियोकी सञ्चालक तथा कार्यक्रमकी अध्यक्ष भावना श्रेष्ठले सौन्दर्यसम्बन्धी व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताइन् । उनका अनुसार २०७८ सालमा स्थापना भएको संस्थाले प्रत्येक छ–छ महिनामा तालिम सञ्चालन गर्दै आएको छ ।


    श्रेष्ठका अनुसार हालसम्म संस्थाबाट करिब एक हजार जनाले विभिन्न प्रकारका व्यावसायिक तालिम लिइसकेका छन् । पछिल्लो छ महिनाको अवधिमा करिब ६० जनाले तालिम लिएका छन् भने एक वर्षमा १२० देखि १४० जनासम्म प्रशिक्षार्थी सहभागी हुने गरेका छन् ।

    काठमाडौंमा एक दशक सिकेको सीपलाई बुटवलमा आएर व्इवहारमा उतारेको श्रेष्ठले बताइन् । दुईमहिने तालिममा  बुटवलसँगै बर्दघाट, पाल्पा र भैरहवालगायतका क्षेत्रबाट समेत प्रशिक्षार्थी तालिम लिन आएको संस्थाले जनाएको छ ।


    कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट नस्मी सर्ताने र आकांक्षा रामदामले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा शुभचिन्तक श्रेया केसी, पवित्रा श्रेष्ठलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

    f3e3d2d9-cf28-4689-b929-d03351fe4b20.jpg


    समारोहमा तालिम पूरा गरेका सबै प्रशिक्षार्थीलाई प्रमुख अतिथि अर्याल र संस्थाकी सञ्चालक श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा पाचौं वार्षिकोत्सव केक काटेर मनाइएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij