२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा

नवलपरासीमा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा

नवलपरासीमा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा

नवलपरासीमा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा

नवलपरासीमा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • परासी  । परासीमा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन भोलिदेखि शुक्रबार सुरु हुँदैछ। नेपाल जेसिजको वार्षिक कार्यक्रमअनुसार सन् २०२६ को क्षेत्रीय सम्मेलन नेपाल जेसिजको  आयोजना तथा रामग्रम जेसिजको आथिथ्यतामा क्षेत्र ‘घ’  सम्मेलन यहि भदौ ६ र ७ दुईदिनसम्म सदरमुकाम परासीमा हुन लागेको हो।    पर्यटन प्रबर्द्धन र पहिचान युवा नेतृत्व र क्षमता विकास,स्थानीय उत्पादन प्रबर्द्धन उद्योग व्यापारिक प्रतिष्ठानहरूको उत्पादन  प्रबर्द्धन र जिल्ला प्रतिष्ठा बृद्वि गर्ने उदेश्य साथ जेसिज क्षेत्र स घ, सम्मेलन गर्न लागिएको नेपाल जेसिजका पूर्व राष्ट्रिय  उपाध्यक्ष   तथा सम्मेलनका  निर्देशक सन्दिप अग्रहरीले जानकारी दिए । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

    सम्मेलनले रामग्रामको रामग्राम स्तुपा पर्यटन प्रबर्द्धनसगै स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने योगदान पुग्ने अपेक्षा गरिएको  बताए ।

    १८ देखि ४० वर्ष उमेर समूहका युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा समर्पित अन्तर्राष्ट्रिय सञ्जालका रूपमा रहेको जेसीजले परासीमा दोस्रोपटक क्षेत्रीय सम्मेलन आयोजना गर्न लागिएको अग्रहरीले बताए  । यसअघि सन् २०१० मा पनि परासीमा क्षेत्रीय सम्मेलन आयोजना गरिएको थियो ।


    सम्मेलनमा देशभरबाट करिब एक हजार युवाको सहभागिता रहने सम्मेलन निर्देशक अग्रहरीले बताए ।  देशभरबाट आउने प्रतिनिधिहरुको परासी र सुनवलमा   आवासको व्यवस्था गरिएको छ ।नेपाल जेसीजको क्षेत्र ‘घ’ अन्तर्गत नारायणीदेखि पश्चिम महाकालीसम्मका करिब ६० शाखाका युवाहरू सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा देशभरबाट करिब एक हजार युवाको सहभागिता रहने सम्मेलन निर्देशक सन्दिप अग्रहरीले जानकारी दिए ।


    सम्मेलनमा क्षमता अभिवृद्धि, नेतृत्व तथा व्यक्तित्व विकास, उद्यमशीलता प्रवर्द्धन, सकारात्मक सोचको विकास र प्रतिभा प्रस्फुटनलगायतका कार्यक्रम सञ्चालन हुने रामग्राम जेसीज वर्ष २०२६ का अध्यक्ष मुकेश नारायण लोनियाले जानकारी दिए ।सम्मेलनका क्रममा ऐतिहासिक रामग्राम स्तूपा र पण्डितपुरको अवलोकन गर्ने कार्यक्रमसमेत तय गरिएको बताए ।

     

    सन् २००० मा नेपाल जेसीजको शाखाका रूपमा बुटवल जेसीजको मातृत्वमा स्थापना भएको रामग्राम जेसीजले यसअघि विभिन्न समयमा राष्ट्रिय पदाधिकारी प्राप्त गर्नुका साथै सन् २०१८ मा श्रीधर बस्यालको नेतृत्वमा राष्ट्रिय सम्मालिसकेका छन । धार्मिक पर्यटकिय क्षेत्र रामग्राम स्तुपामा आज नेपाल जेसिज बोर्ड बैठक बस्ने बताईएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij