२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुद्ध पूर्णिमाको महत्व

बुद्ध पूर्णिमाको महत्व

बुद्ध पूर्णिमाको महत्व

बुद्ध पूर्णिमाको महत्व

बुद्ध पूर्णिमाको महत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • गौतम बुद्धको जीवनका थुप्रै पक्षहरू छन्, तर सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको उनी बुद्ध हुन् । उनको वास्तविक नाम सिद्धार्थ गौतम थियो, पछि उनी बुद्ध बने— अर्थात्, उनी आफ्नो बुद्धि (मन) बाट माथि उठे । जो आफ्नो मनबाट माथि उठ्छन्, ती बुद्ध हुन्; जो आफ्नो मनबाट तल खस्छन्, ती बुद्धु हुन्; जो आफ्नो मनमै फसिरहन्छन्, ती जतिबेला पनि पीडामा डुबिरहने मानिसहरू हुन् !

    सिद्धार्थ गौतम राजकुमार थिए । कुनै योगीले यी बालक कि त महान् सम्राट बन्ने वा महान् सन्त बन्ने भविष्यवाणी गरेका थिए । गौतमका पिता यसबाट अलिकति झस्किए, किनकि उनी आफ्नो छोरा कुनै सन्त नभई महान् सम्राट बनेको हेर्न चाहन्थे । बाहिरी संसारबाट टाढै राख्ने उद्देश्यले राजाले गौतमलाई सबैथोक सम्पूर्ण रूपमा प्रदान गरेर दरबारभित्रै राखेका थिए ।

    एकदिन आफ्नो सारथीलाई लिएर सिद्धार्थ गौतम यत्तिकै घुम्न निस्किए । जाँदै गर्दा बाटो उनले एकजना व्यक्ति कुप्रो परेर लट्ठीको सहाराले हिँडिरहेको देखे । गौतमले यसअघि कहिल्यै वृद्ध मानिस देखेका थिएनन्, किनकि उनलाई दरबारभित्र सम्पूर्ण सुख–सुविधाहरू प्रदान गरी अलग्गै राखिएको थियो । सिद्धार्थले सारथीलाई सोधे, "उनलाई के भएको हो ?" सारथीले भने, "ती वृद्ध व्यक्ति हुन् । सबैजना एकदिन बूढो हुनैपर्छ ।" सिद्धार्थले आफैँलाई एकछिन हेरिरहे । केही पर पुगेपछि उनले एकजना व्यक्ति बाटोछेउ छटपटाइरहेको देखे । सिद्धार्थले सारथीलाई सोधे, "उनलाई के भएको हो ?" सारथीले भने, "ऊ रोगी व्यक्ति हो ।" सिद्धार्थले सोधे, "के म पनि कुनै बेला रोगी हुनेछु ?" "जो कसैलाई पनि रोग लाग्न सक्छ ।"– सारथीले जवाफ दिए । उनी यी दुवै कुराबाट विचलित भए । यात्रामा जाँदै गर्दा, केही मानिसहरू शव बोकेर त्यही बाटो हुँदै गइरहेका थिए । सिद्धार्थले सोधिहाले, "उनलाई चाहिँ के भएको हो ?" सारथीले भने, "राजकुमार, ती व्यक्तिको मृत्यु भयो । यो सबैजनाले भोग्नैपर्ने सत्यता हो । यसबाट कोही पनि बच्न सक्दैनन् ।"

    "म एकदिन वृद्ध हुनेछु, रोगी हुनेछु अनि निश्चय नै मर्नेछु । त्यसोभए, म आफ्नो सम्पूर्ण जीवन के गरेर बिताइरहेको छु ?"— यो विचारले उनीभित्र उथलपुथल मच्चियो ।
    यी तीनवटै दृश्य देखेपछि गौतमभित्र कोलाहल मच्चियो । राजदरबार, राजकुमारको पद, सम्पूर्ण सुख–सुविधाहरू एकाएक भङ्ग भएर व्यर्थ लाग्न थाले । "म एकदिन वृद्ध हुनेछु, रोगी हुनेछु अनि निश्चय नै मर्नेछु । त्यसोभए, म आफ्नो सम्पूर्ण जीवन के गरेर बिताइरहेको छु ?"— यो विचारले उनीभित्र उथलपुथल मच्चियो । आफ्नो साथमा प्रिय पत्नी र सानो बच्चा भएकाले उनले यत्तिकै छाडेर जान सकेनन् । उनीभित्र संघर्ष चलिरह्यो । उनले त्यसलाई दबाइरहन सकेनन् । अतः लगभग साढे एक वर्षपछि, कसैलाई केही नभनी, मध्यरातमा उनी चोर जसरी दरबारबाट लुसुक्क भागे ।

    सिद्धार्थ गौतम जीवनको सत्यको खोजमा निस्किए । उनी त्यसबेलाका सबैजसो प्रख्यात गुरुसमक्ष पुगे । उनी बौद्धिक रूपमा अत्यन्तै तीक्ष्ण थिए, साथै उनीभित्र केही जान्ने अभिलाषा निकै गहिरो थियो । उनले आठवटै समाधिहरू अनुभव गरे, तैपनि उनले त्यसबाट जीवनको पूर्णता अनुभव गरेनन् । उनमा सत्य जान्ने चाहना अझै पनि प्रबल थियो । कुनै पनि कुराले काम नगरेपछि, गौतमले एकदमै कठोर मार्ग रोजे जसलाई समान (श्रमण) भनिन्छ । समान पथमा हिँड्ने साधकहरू यस मार्गको मूलभूत अभ्यासअनुसार कहिल्यै खाना माग्दैनन्; उनीहरू हिँडिरहन्छन्, यत्तिकै हिँडिरहन्छन्, तर कतै खाना खोज्दै जाँदैनन् । त्यसबेलाको संस्कृति यी पक्षहरूप्रति एकदमै संवेदनशील थियो, जसकारण आध्यात्मिक मार्गमा हिँडेको व्यक्ति देख्नेबित्तिकै मानिसहरू घरमा खाना पकाएर उसको पछाडि दौडिन्थे अनि जहाँ भेट्यो, त्यहीँ खाना खान दिन्थे । किनकि, त्यस पथमा हिँड्ने मानिसहरूले खाना माग्दैनन् भन्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा थियो । तर, यदि तपाईंले आज समान पथ रोज्नुभयो भने, तपाईं हिँड्दा–हिँड्दै मर्नुहुनेछ !

    त्यसबेला, हजारौँ साधकहरूले समान पथ अनुसरण गर्थे । सिद्धार्थ गौतमले समान मार्ग रोजे, अनि उनले यसलाई यति गम्भीर रूपमा लिए कि उनले खानाप्रति कुनै रुचि नराखिकनै यत्तिकै हिँडिरहे । यस प्रक्रियामा उनले आफ्नो शरीरलाई नष्ट गरे । यो साधनाले गौतमको शरीर यति जीर्ण भयो कि उनको शरीरमा हाड–छाला मात्र बचेको थियो; उनी लगभग मृत्युको मुखमा पुगेका थिए । साधनाको क्रममा हिँड्दै गर्दा एकदिन उनी निरञ्जन नदीको किनारामा आइपुगे । लगभग घुँडासम्म पानी भएको त्यस जलधाराको प्रवाह अलिकति तीव्र थियो । गौतमले त्यसलाई पार गर्ने कोसिस गरे, तर उनको शरीर निकै कमजोर भएकोले आधाआधी पुगेपछि अर्को पाइला चाल्नको लागि उनमा शक्ति बाँकी थिएन । तर, उनी हार मान्ने व्यक्ति थिएनन् । नजिकै रहेको सुकेको हाँगा समातेर उनी उभिरहे ।

    “जबसम्म मैले मेरो अस्तित्वको परम प्रकृतिलाई अनुभव गर्दिनँ, म यहाँबाट हलचल गर्ने छैन । कि त म एक प्रबुद्धको रूपमा यहाँबाट उठ्नेछु, वा यही अवस्थामा प्राण त्याग्नेछु” । उनले आँखा बन्द गरे अनि यत्तिकै बसिरहे ।
    यस्तो भनिन्छ कि उनी घण्टौँसम्म त्यही स्थितिमा उभिरहे । उनी साँच्चिकै धेरै घण्टासम्म उभिरहेका थिए, वा एकदमै कमजोरीले गर्दा केही पल पनि कैयौँ घण्टा जस्तो लागेको थियो भन्ने कुराबारे हामी अनभिज्ञ छौँ । त्यही स्थितिमा उभिरहँदा उनीभित्र यो प्रश्न उब्जियो, "आखिर, मैले खोजिरहेको के हो ? म केको पछि यसरी भौँतारिएको छु ?" तब, उनलाई एकाएक यो बोध भयो कि वास्तवमा समस्या भनेको उनी जान्ने कोसिस गरिरहेका थिए; त्यो आयाम, जुन असिम र अनन्त छ, त्यसलाई आफूमा घटित हुन दिनुको सट्टा उनी त्यसलाई जान्ने प्रयत्न गरिरहेका थिए । जे खोजिरहेको हो, त्यो त आफूभित्रै छ, त्यसोभए यी सबै संघर्षहरू गर्नुको के अर्थ भन्ने कुरा बोध भएपछि अचानक उनमा ऊर्जा थपियो अनि एकएक पाइला अघि बढाउँदै उनले नदी पार गरे । त्यसपछि, उनी एउटा रूखमुनि बसे, जसलाई अहिले बोधिवृक्ष भनिन्छ— अहिले, स्वयं बुद्धभन्दा यो वृक्ष बढी प्रख्यात भएको छ ! उनी त्यस रूखमुनि बसे अनि एउटा सङ्कल्प गरे, “जबसम्म मैले मेरो अस्तित्वको परम प्रकृतिलाई अनुभव गर्दिनँ, म यहाँबाट हलचल गर्ने छैन । कि त म एक प्रबुद्धको रूपमा यहाँबाट उठ्नेछु, वा यही अवस्थामा प्राण त्याग्नेछु” । उनले आँखा बन्द गरे अनि यत्तिकै बसिरहे । पूर्ण चन्द्रको उदय हुँदै थियो । त्यसैबेला, एक पलमै सिद्धार्थ गौतम आफ्नो परम प्रकृतिमा प्रस्फुरित भए अनि बुद्ध बने । उनी परम–आनन्दको स्थितिमा डुबेर केही समयसम्म त्यहीँ बसिरहे ।

    तपाईं जे चाहनुहुन्छ, त्यो तपाईंको एकमात्र प्राथमिकता बन्नुपर्छ । तबमात्र, त्यो एक पलमै हुनेछ । सम्पूर्ण साधनाहरू, यति धेरै प्रयासहरू केवल त्यसकै लागि हो । मानिसहरू यति धरै भट्किएका हुन्छन् कि उनीहरूलाई एक ठाउँमा ल्याउन र एउटा समग्र एकाइ बनाउन निकै लामो समय लाग्छ । मानिसहरूले अनेक चीजहरूसँग आफ्नो पहिचान गाँसेका हुन्छन् । त्यसैले, पहिलो कुरा भनेको यत्रतत्र छरिएको यो व्यक्तिलाई एक ठाउँमा ल्याउनु हो । यदि तपाईंले आफूलाई एउटा समग्र एकाइको रूपमा समेट्ने हो भनेमात्र, हामी तपाईंसँग केही गर्न सक्छौँ ।

    यस धरतीका थुप्रै बुद्ध–पुरुषहरूमध्ये गौतम बुद्ध यस्ता प्रबुद्ध हुन्, जसले विशाल रूपमा यस धरतीको मुहार नै फेरिदिएका छन्, अनि त्यो क्रम अझैपनि जारी छ । २५०० वर्षसम्म पनि त्यो निरन्तर चलिरहनु भनेको सानोतिनो कुरा होइन !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij