२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीका दुई मेडिकल सिल

गुल्मीका दुई मेडिकल सिल

गुल्मीका दुई मेडिकल सिल

गुल्मीका दुई मेडिकल सिल

गुल्मीका दुई मेडिकल सिल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • गुल्मी   
    जिल्ला प्रशासन कार्यालय गुल्मीको नेतृत्वमा  इस्मा गाउँपालिकामा अवैध रूपमा सञ्चालित दुई वटा निजी मेडिकलमा ताला लगाई सिल गरिएको छ । प्रशासनको टोलीले छापा मार्दा इस्मा गाउँपालिका–२ छल्दीटारस्थित राम मेडिकल हल र वडा नं १ हर्पुकोटमा सञ्चालित आलम मेडिकल अवैध रुपमा सञ्चालित भेटिएका  प्रशासनले जनाएको छ । 


    राम मेडिकल हल  ( छल्दीटार ) तम्घासको वैधानिक मेडिकलको शाखाका रूपमा सञ्चालन गरिएको भनिए पनि कुनै कानुनी मापदण्ड पूरा नगरेकाले सिल गरिएको छ । यसका सञ्चालक इस्मा गाउँपालिकामै कार्यरत छैटौँ तहका अहेव रमेश मरासिनी हुन् ।
    आलम मेडिकल ( हर्पुकोट ) को  कुनै इजाजत र मापदण्डविना सञ्चालनमा रहेको यो मेडिकल पनि प्रशासनले बन्द गराएको छ । यसका सञ्चालक हस्तिचौर स्वास्थ्य चौकीका प्रमुख  सम्सुल हक मिया हुन् ।


    हस्तिचौर स्वास्थ्य चौकीका प्रमुख सम्सुल हक मिया विक्रम संवत् २०५६ सालदेखि  इस्मामा  कार्यरत छन् । केही महिना इस्मा गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतसम्म बनेका मियालाई माथिल्लो तहको राजनीतिक पहुँच र जनप्रतिनिधिको संरक्षणका कारण लामो समयसम्म एउटै ठाउँमा टिकाइराखिएको स्थानीयको आरोप छ ।


    सरकारी कर्मचारीले नै अवैध धन्दा चलाएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट  खटिएको टोलीले यो कारबाही गरेको हो । कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका यी दुवै मेडिकल बन्द गराई सञ्चालकहरूमाथि थप कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासनका  प्रशासकीय अधिकृत कमल सेनले बताए  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij