२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गरिमालाई न्याय माग्दै ठाउँ–ठाउँमा प्रदर्शन

गरिमालाई न्याय माग्दै ठाउँ–ठाउँमा प्रदर्शन

गरिमालाई न्याय माग्दै ठाउँ–ठाउँमा प्रदर्शन

गरिमालाई न्याय माग्दै ठाउँ–ठाउँमा प्रदर्शन

गरिमालाई न्याय माग्दै ठाउँ–ठाउँमा प्रदर्शन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  •  बुटवल ।  बाराको जितपुर–सिमरा–  १, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय माग्दै बुटवलसहित देशका विभिन्न ठाउंमा महिलाहरुले प्रदर्शन गरेका छन् । 
    गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । सोही घटनाको विरोधमा महिला अधिकारकर्मीहरुले शनिबार बुटवलमा प्रदर्शन गरका हुन् ।

    ट्राफिकचोकबाट सुरु भएको विरोध प्रदर्शन उच्च अदालत तुल्सीपुर बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको थियो । ठूलो संख्यामा रहेका महिलाहरुले इलाका प्रहरी कार्यालय गेट बाहिर घटनाको विरोधमा नाराबाजी गर्दै गरिमालाई न्याय दिन माग गरे । प्रदर्शनका सहभागीले बलात्कारीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । 
     घटनाको विरोधमा शनिबार काठमाडौँमा पनि विरोध प्रदर्शन गरिएको छ ।  इन्डेपेन्डेन्ट मदर्स अफ नेपाल नामको संस्थाको आयोजनामा गरिमा चौधरीका लागि न्याय माग्दै रत्नपार्कमा ¥याली गरिएको हो ।


    रत्नपार्कबाट सुरु गरिएको विरोध ¥याली घण्टाघर हुँदै फेरि रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।  यस्तै गरिमा चौधरीको न्यायका लागि भन्दै स्थानीयवासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरेका छन् ।
    बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उप–महानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गरे पनि मृतक बलिकाका परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो । परिवारले सहमति अमान्य भएको बताएपछि घटनाको विरोधमा आन्दोलन जारी रहेको हो । 


    गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमा मंगलबार साँझ जितपुर–सिमरा– १, भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।  प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गरिमा  घरबाट बेपत्ता भएपछि उनलाई जितपुर–सिमरा– २ बस्ने १६ वर्षीय सुमन थापाले चकलेट दिएर ललाइफकाई गरेको र घटनास्थलमा लगेको खुलेको छ । त्यसपछि बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुर–सिमरा– १ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ । घटनाको वास्तविक कारण, घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    यसैबिच गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं लगिएको छ । गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं लगिएको हो । शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो । गरिमाका आमा–बुवालाई आन्दोलनरत स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा ल्याएर एयरपोर्टमा बोर्डिङ पास गराएका छन् । उनीहरूको साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्कीलगायत ७ जनाको टोली वार्ताका लागि काठमाडौं लागेको हो ।


    काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए । प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि पनि प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij