२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जापानी इन्सेफलाइटिसको प्रकोप

जापानी इन्सेफलाइटिसको प्रकोप

जापानी इन्सेफलाइटिसको प्रकोप

जापानी इन्सेफलाइटिसको प्रकोप

जापानी इन्सेफलाइटिसको प्रकोप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • जापानी इन्सेफलाइटिस (जेई)को संक्रमण बढ्न थालेकोले सजगताको खाँचो छ । यसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेकाले नियन्त्रणको लागि सरकारको पहलकदमी जति आवश्यक छ, नागरिक पनि सजग हुँदा संक्रमण न्यूनीकरण हुनसक्छ ।
    जेई मस्तिष्कमा हुने भाइरल संक्रमण हो । संक्रमितमध्ये करिब एक तिहाइको मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये आधासम्ममा गम्भीर तथा जीवनभर रहने अपांगता हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल अहिले जेई प्रकोपको संक्रमण उच्च भएकाले नियन्त्रणको दबाबमा छ । पछिल्लो छ सातामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ५९ जना संक्रमित भएका छन् । झापा जिल्लामा १० जनामा संक्रमण पुष्टि भएकामा छ जनाको मृत्यु भएको छ । यो भनेको ६० प्रतिशत मृत्युदर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो । सरकारले जेई संक्रमणबाट भइरहेको मृत्यु रोक्न खोप अभियान चलाउने योजना बनाएको छ । खोप व्यवस्थापन गरी लगाउञ्जेल ठूलो क्षति हुने देखिंदैछ, सरकारले गर्नुपर्ने काम छिटो गर्नुपर्नेछ । सर्वसाधारण पनि लामखुट्टेको टोकाईबाट जोगिनुपर्छ, शरीर ढाकिने गरी कपडा लगाउने, झुल लगाएर सुत्ने, लामखुट्टेले टोक्नबाट रोक्न विभिन्न क्रिमहरु लगाउने गर्दा बच्न सकिन्छ । नागरिकको हेलचक्र्याँई हुँदा सरकारको प्रयासले मात्रै संक्रमण न्यूनीकरण गर्न संभव छैन ।


    छिट्टै सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ । अधिकारीहरूका अनुसार बालबालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका ३० वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ । जोखिममा रहेको सम्पूर्ण जनसंख्यालाई खोप लगाउने स्रोत र योजना सरकारसँग नहुँदाको अन्यौल छँदैछ, यो अन्योललाई चिर्न सक्दा मात्रै जेईविरुद्धको लडाइ जित्न सकिन्छ । हाल सातवटै प्रदेशमा जेई संक्रमण देखिएकोले फोकस क्षेत्र मात्रै तोकेर हुन्न ।


    स्वास्थ्य अधिकारीहरूका अनुसार २४ महिनाभन्दा कम उमेरका बालबालिकालाई नियमित खोप लगाउन खरिद गरिएको जेई खोप अभियानमा प्रयोग गरिनेछ र थप मात्रा खरिद भएपछि त्यसको शोधभर्ना गरिनेछ । चीनसँग सरकार–सरकार (जीटुजी) सम्झौतामार्फत् खोप खरिद गर्न सकिने सम्भावनाको खोजी हुँदैछ । संक्रमण छिटो फैलिएकोले व्यवस्थापनमा चुस्तताको खोजी भएको छ । जेई संक्रमण र मृत्यु उच्च रहेका ९ जिल्लाका लागि ३५ लाख मात्रा जेई खोप खरिद गर्ने सरकारी योजना छ । गत वर्ष जेईबाट ४१ जनाको मृत्यु भएको थियो भने १४१ जना संक्रमित भएका थिए । संक्रमण ४५ जिल्लाका ११७ भन्दा बढी स्थानीय तहमा फैलिएको थियो ।

    त्यतिबेला मृत्युदर करिब २३ प्रतिशत थियो । सन् २०२४ मा काठमाडौं उपत्यकाका एक जनासहित २३ जनाको जेईबाट मृत्यु भएको थियो भने कम्तीमा ८० जना संक्रमित भएका थिए । विगतको यो तथ्याङ्क हेरेर सरकारले पूर्व तयारी गर्नुपर्दथ्यो, तर पूर्वतयारी फितलो देखियो । महामारी देखिएपछि मात्रै खोपको खोजी हुनु विडम्बना हो । पछिल्ला वर्ष स्वास्थ्य पूर्वाधार र  सेवामा उल्लेख्य सुधार भएको छ, यसका बाबजुद अहिले संक्रमण र मृत्यु बढेकाले त्यसअनुसार सरकारले जेईविरुद्ध योजनाबद्ध अभियान चलाउनुपर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij