२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दुग्ध किसानको पक्षमा आदेश

दुग्ध किसानको पक्षमा आदेश

दुग्ध किसानको पक्षमा आदेश

दुग्ध किसानको पक्षमा आदेश

दुग्ध किसानको पक्षमा आदेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • सर्वोच्च अदालतले किसानलाई दिन बाँकी दूधको भुक्तानी तत्काल गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । २०८१ पुसमा फैसला भए पनि आइतबार मात्र त्यसको पूर्ण पाठ सार्वजनिक भएपछि अब किसानलाई दिनुपर्ने बक्यौता तत्काल दिनुपर्ने छ । निजी डेरी कम्पनीहरुले ६ अर्ब र दुग्ध विकास संस्थानले ९० करोड रुपैयाँ गरी ६ अर्ब ९० करोड रुपैयाँ भुक्तानी दिनुपर्नेछ । 
    दूध उत्पादन गर्ने किसानहरूले डेरी उद्योगहरूबाट समयमा भुक्तानी नपाएको र त्यसले किसानहरू मारमा ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान(डीडीसी) र डेरी उद्योगहरूलाई किसानहरूले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको  छ । फैसलामा दूध उत्पादक किसानलाई तिर्नुपर्ने बाँकी रकम समयमा भुक्तानी नगर्दा निवेदकहरूको संविधानप्रदत्त सम्पत्तिको हक, सामाजिक न्यायको हक र सम्मानपूर्वक बाँच्न पाउने हककोसमेत गम्भीर हनन हुन गएको देखिएको उल्लेख छ ।


    यसअघि किसानले लामो समयदेखि बक्यौता भुक्तानीको मागसम्बोधन नभएपछि आन्दोलन गरेका थिए । आन्दोलनपछि पनि सरकारले माग सुनुवाइ नगरेपछि किसानले अदालतको ढोका ढकढकाएका थिए । दुग्ध किसानले महँगो दाना खुवाएर गरेको पशुपालनको लागत महँगो छँदैछ, अझ दूध बेचेको पैसा नपाउँदा झन समस्यामा परेका छन् । तीन वर्षयता किसान पशुमा लम्की स्कीनको प्रकोपले मारमा परिरहेका छन् । किसानका हजारौं पशु मरे । सरकारले प्रकोप प्रभावितलाई उचित राहत दिन पटक्कै ध्यान दिएन् । दूधको उत्पादन लागत बढ्दा बजार मूल्य नबढिरहेको र कमै भए पनि नियमित भुक्तानी रोकिदा किसानको पीडा धेरै छ । भुक्तानी नदिदा किसान पशुपालन व्यवसायबाट पलायन हुने जोखिम बढेको छ । अदालतको आदेशले किसानले भुक्तानी पाउने आशा पलाएको छ ।


    सशस्त्र द्वन्द्वकालमा किसानको दूध नियमित संकलनमा समस्या हुँदा धेरै किसान पलायन भए । दुग्ध विकास संस्थानले मिल्क होलिडे लागु गरेको थियो । क्रमशः बौरिएको दूध उत्पादन व्यवसाय अहिले पुनः पहिलेकै अवस्थामा पुगेको छ । कोभिडपछि विभिन्न मुलुकमा रोजगारी गुमाएर यहाँ आएका युवाले व्यवसायिक पशुपालन सुरु गरेका थिए । यही केही गरौं भन्नेका लागि पशुपालन आकर्षक व्यवसाय थियो । अहिलेको विकराल अवस्थाले युवा पलायनलाई झन बढाउने देखिन्छ, जो मुलुकका लागि दीर्घकालका लागि घातक हुनेछ । अहिलेको समस्या तत्काल आएको होइन्, सरकारले बजारको सुनिश्चितता नगर्दा आएको हो । भारतबाट निर्वाध आउने पाउडर दूध र अन्य दुग्धजन्य पदार्थलाई बेलैमा रोक लगाउन सरकारको ध्यान गएन् । यद्यपि अहिले बल्ल केही दुग्धजन्य पदार्थमा रोक लगाइएको छ । कम्तिमा सेना र प्रहरीमा नेपाली पाउडर दूधको उपभोगको सुनिश्चित गर्ने हो भने दुग्ध विकास संस्थानलाई धेरै राहत हुन्थ्यो । दुग्ध विकास संस्थानलाई राहत हुँदा त्यसको प्रभाव किसानसम्म पुग्थ्यो । यहाँ उत्पादन भएको दूध भारत र बंगलादेश निर्यातको प्रबन्ध मिलाउने हो भने किसानका लागि ठूलो राहत हुनसक्छ । कतारमा डीडीसी घ्यू जान थालेको छ ।


    अदालतको फैसला विगतका सहमति झै हुनुहुन्न । कार्यान्वयन अनिवार्य शर्त हो । दुग्ध किसानलाई आशा जगाउन सके आत्मनिर्भर अर्थतन्त्रको बाटोमा थोरै भए पनि आशा जगाउन सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij