२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हिन्दु देवताहरूको चरित्र चित्रण

हिन्दु देवताहरूको चरित्र चित्रण

हिन्दु देवताहरूको चरित्र चित्रण

हिन्दु देवताहरूको चरित्र चित्रण

हिन्दु देवताहरूको चरित्र चित्रण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • ब्राह्मा र सरस्वती

    झपेन्द्र जिसी
    विषय प्रवेशः
    जंगबहादुर शाहजीले वेद, पुराण आदिको गहिरो अध्ययन गरेर ब्रह्मा र सरस्वती शीर्षकअन्तर्गत हिन्दु समाजले मान्ने वडा देवता ब्रह्माको विशेष चरित्र चित्रण गरेका छन् । ब्रह्मा र सरस्वतीको नाता एकातर्फ बाबु छोरीको छ भने अर्र्काेतर्फ ब्रह्माकी श्रीमती सरस्वती हुन् । सरस्वती, सावित्रा, गायत्री एउटै नारीका नाम हुन् । उषालाई कुनै ग्रन्थमा  ब्रह्माकी छोरी पट्टीकी नातिनी र कुनै ग्रन्थमा छोरी पत्नी भनेका छन् । 


    यी नारीहरुलाई हिन्दुहरुले चरित्रवत्ती नारीका रुपमा पुज्दै आएका छन् । सरस्वतीलाई विद्याकी अधिस्षठात्री मानिन्छ । ब्रह्मा बुढाले आफ्ना छोरी दक्ष प्रजापतिलाई दिएका हुँदा दक्ष प्रजापति उनका जुवाई हुन्् । ब्रह्माकै छोरीपट्टिको नातिनी उषा देखेर उनी संमोहित भएको र उनकै दिन घुम्टो उघारी ब्रह्माले अवलोकन गर्दा ब्रह्मा स्खलित भएका पातकी ब्रह्मा बाजेको चरित्र चित्रण गर्दा शर्म लाग्नु स्वाभाविकै छ । ब्रह्मा बाजेलाई ब्रह्मा वा प्रजापति पनि यो शीर्षकमा भनिएको छ । वातोस्पति भनेका विष्णु हुन् । ब्रह्माको कन्यागामी चरित्रलाई देखेर उनलाई प्रजापिताको पगरी खोसेर देवगणहरुले तत्कालीन मान्छेहरुले पशुपति अर्थात् प्रजापतिले सरस्वती उर्फ सावित्री गायत्रीसँग समागम गरेर वीर्य स्खलित सेंचन गरे । रेत÷शुक्र पग्लेर पृथ्वीमा समेत पोखियो ।  प्रजापतिको आफ्नै कन्यागामी कुकर्म देवगणले देखे र क्रुद्ध भए । 


    रुद्र वा वातोस्पतिको उल्लेख आचार्य सयणले गरेका छन् । वेद व्याख्याता सयणले ऐतरिर्य ब्राह्ममा सरस्वतीलाई उषा पनि भनेका छन् । आफ्नी छोरीलाई जोई मान्ने कृकुत्य गर्ने यिनलाई निषिद्ध कसरी गर्ने भनेर देवगण मध्यबाट कोही सामार्थ नदेखेपछि रुद्रको उत्पत्ति गरे र ब्रह्माको प्रजापति बगरी रुद्रलाई हस्तान्तरण गरे । रुद्रबाट नै ब्रह्माको अन्त्य गराइदिने निधो देवगणले गरे । देवणले भने अनुुसार ब्रह्माको प्रजापतिको पद निषिद्ध गरिदिए । मलाई पनि तिनीहरुले पशुहरुको अधिपति बनाउनुपर्छ रुद्रले माग गरे । तदुपरान्त रुद्र पशुपति कहलाइए । शत पथ ब्राह्मणमा यो उल्लेख छ ।  
    रुद्रले भने पशुहरुका मालिक त ब्रह्मा नै हुन् । 


    अब उहाँलाई प्रजा जन्माउने प्रजापति मात्र भन्नुहोस्– आजदेखि तपाईं रुद्रलाई हामी पशुपति भन्ने छौं । 
    पञ्चविशव्मण्डव्य ब्राह्मण ग्रन्थ ८.२.१० मा लेखिएको  ।
    प्रजापतिले आफ्नै छोरीलाई दुलही बनाइ राखे । शतपथ ब्राह्मणमा पनि यही कुरा उल्लेख छ । ऋग्वेद र परम्परावादी विद्वानहरुले ब्राह्मण ग्रन्थलाई पनि ब्राह्मण वेदनै मानेका छन् । 


    स्मरणीय होस, ब्रह्मालाई लोकले पिता मह मान्दछन् । शिव नागशाय कमलमा सुतेका विष्णुको नाभीबाट वा कतै कमलको फूलबाट जन्म भएको बताइन्छ । अर्थात् उनी जन्मनु पूर्व नै  शेष  र नाग जन्मिसकेका थिए । यसैले विष्णुलाई पद्मनाभ र ब्रह्मालाई पद्म संभव भनिएको भनिन्छ । यति मात्र होइन ऋषिहरु अत्रि, अङ्गिरा, फूलस्त्य, पुलह, क्रतु, सचेता, भृगु र वशिष्ट नारद पहिलेदेखि नै सृष्टिमा रहेछन् । यो कुरा ब्रह्मा ठूलो भएपछि देखे । ती १९÷२० जना ऋषिहरुलाई फकाएर धर्म पुत्री बनाएपछि तबदेखि ब्रह्मा प्रजापति कहलाइए । यसरी नै ब्रह्मा÷प्रजापतिले आफ्नै शरीरबाट दक्ष प्रजापति, धर्मराज, कुसुमा, युध र एउटा सुन्दरी कन्या जन्माए । लोकले शतरुपा सरस्वती सावित्री गायत्री भन्न थाले । ब्रह्मा सावित्रीको सुन्दर अंग र पुष्ट यौवन देखेर मैथुनमा तयार भए ।


    पिताको पुत्री गमन आवान्छनीय र कुकृत्य देखेर वशिष्टले सावित्री तपाईंकी पुत्री र हाम्री बहिनी हुन् भनी विरुद्धमा आवाज उठाए । सबै पुत्रहरुले विरोध गर्न थाले ।
    सबै पुत्रहरुले विरोध जनाएपछि ब्रह्मालाई रिस उठ्यो र भने–मैले मेरै विरुद्धमा उत्रिनका लागि पुत्र बनाएको होइन । म पशुपति हुँ अर्थात् प्राणीहरुको स्वामी हुँ, मन लागी गर्छु, सक्छौँ भने तिमीहरु पनि मन लागी गरेर प्रजापति हौँ । यहाँबाट गइहाल भनी ब्रह्माले हकारे । मरीचिले देवसभामा गएर ब्रह्माको अनुचित वा कुकृत्यबारे प्रसङ्ग उठाउँदा ब्रह्मालाई तह लगाउन सक्षम कोही पाएनन । अतः उनीहरु रुद्र कहाँ गएर उजुरी गरे । रुद्रले तपाईंहरुले रोक्नु पर्दथ्यो, नसके मारिदिनु पर्दथ्यो ! दोष लाग्ने थिएन भने । 
    अब मैले के गर्ने ? त्यस्तो कठिन काम गरे बापत मैले के पाउने भनी देवगणसँग प्रश्न गरे । 
    अब मलाई पशुपति भन्नुहोस् !
    प्राणीहरुका पति त ब्रह्मा नै हुन् । 


    लौ भैगयो ! तपाईं रुद्रलाई हामी पशुपति मान्ने छौँ ।  सबै छोराहरु र रुद्र धनुषवाण समातेर आएको देखि ब्रह्मा डराएर विष्णुका पुगे । विष्णुले डराएका ब्रह्मालाई अबदेखि मैले रुद्रलाई पशुपति मान्छु भने । ऐतरीय ब्राह्मण १३.९)।


    आफ्नी छोरी शतरुपाकी छोरी सती पनि ब्रह्माकी सखेत नातिनी हुन् । आफ्नी छोरीमाथि पनि ब्रह्माको आँखा गड्यो । जुवाईँ दक्ष प्रजापतिले छोरी सतीको बिहेको प्रसङ्ग उठाउँदाको बिहे गर्ने बेला भएको छैन भनी आलटाल गरे पनि बिहेको निधो भइसकेको हुँदा निर्धारित दिनको लगनमा विवाह मण्डपमा अनुष्ठान सुरु भयो । नातिनी अब टाढा जाने भई भन्दै कामातुर भएर घुन्टो उघारी अनुहार हेरे । र वीर्य स्खलन गरिहाले । वर शंकर÷पिनाकिले ब्रह्माको चर्तिकला देखेर रिसाए । ब्रह्माले एक दिन प्रवास क्षेत्रमा विराट यज्ञको आयोजना गर्न भए ।  यज्ञ प्रारम्भ गर्न श्रीमती सरस्वती÷सावित्रीको दकार पर्र्दैथ्यो नै, तर सरस्वती÷सावित्री समयमा नआएकीले कुनै गोपालकी पुत्रीलाई सरस्वतीको रुपमा राखेर यज्ञ प्रारम्भ गरे ।  विष्णुकी पत्नी लक्ष्मीलाई लिएर आउँदा सरस्वतीलाई आउन ढिला भएको थियो । 


    पत्नी विनाको यज्ञ के गरेको हो, मेरा पतिदेव भनेर सरस्वती रिसाइन् । तिमी मेरो रचना हौँ । तिमी आउन ढिला भएकोले यज्ञ सुरु गरिएको हो ।  सावित्रीले भनिन्– त्यसो भए म श्राप दिन्छु ! शंकरले त पहिले नै तपाईंलाई  अपूज्य बनाइसक्नुभएको छ । अबदेखि तिम्रो कहींकतै मन्दिर बन्ने छैन र पूजा आरधना पनि हुने छैन ।


    उनले सबैलाई  श्राप दिँदै भनिन्–बैकुण्ठका दधिपति विष्णुले पत्नी वियोग सहनुपर्ला, ब्राह्मणहरु पनि लोभी हुनु परोस् । सबैलाई श्राप दिएर सावित्री÷सरस्वती घरतिर लागिन् । गोपाल पुत्रीलाई सावित्री अथवा सरस्वतीले कपाल लुछेर लखेटेर घर पस्न र बस्न दिइनन् । 


    छोरी – श्रीमतीहरु सरस्वती÷सावित्रालाई ब्रह्मा बूढासँग बदला कसरी लिने भन्ने थियो । एक दिन शुरपुर (गढवाल)तिर घुम्न जाँदा सरस्वती राजा ऐलसँग सरस्वतीको भेट भयो । परिचय गर्दा म सबै देवगणको भोग्या हुँ भनी उर्वसीले परिचय दिइन र राजा ऐलले उर्वसीको माध्यमबाट सरस्वतीलाई बोलाएर वातचित गरे । ब्रह्मा बूढा अलि पर थिए, त्यो बातचित थाहा भएन । भए पनि चुपचाप रहे । गफगाफका क्रममा राजा ऐलसँग सरस्वतीको मन पग्लियो भने युुवा राजा  पुररुवा ऐल र सरस्वतीका बिच संसर्ग भयो । 
    यथा समयमा सरस्वतीले सारस्वान नामक पुत्र जन्माइन् । बुढा ब्रह्माले युवा श्रीमतीलाई यौन तुष्टि दिन नसके पनि श्राप दिएर अशरीर बनाइदिए  । अशरीर भनेको भौतिक दृष्टिकोणबाट हेर्दा हत्या गर्नु नै हो । 
    तर ग्रन्थहरुमा अशरीर भनेर टिमालेका छन् । 


    गुरुपुरोहितहरुले जे भने पनि मान्ने र सहने हिन्दु समाजमा बोलबोल मछली मुखभरि पानी भनेजस्तै छ । 
    अन्त्यमा विश्वले विज्ञान र प्रविधिमा अकल्पनीय फड्कोे मारिसक्दा पनि हाम्रोे समाज कुन जमानाको ग्रन्थ र संस्कारबाट शासित छ, यो एउटा गतिलो उदाहरण हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij