२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रसुवा बाढीपीडितका लागि जिसन र रामग्राम नगरपालिकाको सहयोग

रसुवा बाढीपीडितका लागि जिसन र रामग्राम नगरपालिकाको सहयोग

रसुवा बाढीपीडितका लागि जिसन र रामग्राम नगरपालिकाको सहयोग

रसुवा बाढीपीडितका लागि जिसन र रामग्राम नगरपालिकाको सहयोग

रसुवा बाढीपीडितका लागि जिसन र रामग्राम नगरपालिकाको सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • परासी  । शैक्षिक ऐक्यबद्धताको समूह जिसन नवलपरासीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु १ लाख ५ हजार सहयोग गरेको छ।

    बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले जिसन नवलपरासीले संकलन गरेको उक्त रकम जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

    संस्थाले विपद्को समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जिसन नवलपरासीका अध्यक्ष थमन शेरचनले जानकारी दिए ।

    प्राकृतिक विपद्का कारण घरबार, धनसम्पत्ति तथा दैनिक जीवनमा असर परेका परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए । 

    अध्यक्ष शेरचनको नेतृत्वमा आएको टोलीले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । विपद् कुनै क्षेत्र वा समुदाय विशेषको मात्र समस्या नभएकाले मानवीय भावनाका साथ सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जिसनका पूर्व अध्यक्ष इन्द्र गुरुङले बताए ।

    जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा भएपछि उक्त सहयोग रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रयोग हुने अपेक्षा गरिएको जिसनका सचिव बलिराम यादवले बताए ।

     विपद्का बेला गरिएको यस्तो सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै सामाजिक एकता र मानवीय सहकार्यको सन्देशसमेत प्रवाह गरेको जिसनका प्रमुख सल्लाहकार सन्तोष रौनियारको विश्वास थियो ।यस्तै रसुवाको बाढी प्रभावितका लागि नवलपरासीको रामग्राम नगरपालिकाले २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

    नगर प्रमुख धनपद यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रधानमन्त्री राहत कोषमा उक्त रकम पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले जानकारी दिए  ।

    बाढीले ठूलो जनधनको क्षति पुर्याएको सार्वजनिक भए लगत्तै हिजो नै बैठक बसेर उक्त सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख यादवले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij