२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नक्कलीले संस्कार र व्यापार दुवै बिगारे

नक्कलीले संस्कार र व्यापार दुवै बिगारे

नक्कलीले संस्कार र व्यापार दुवै बिगारे

नक्कलीले संस्कार र व्यापार दुवै बिगारे

नक्कलीले संस्कार र व्यापार दुवै बिगारे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • वैदिक जनै उद्योगीको गुनासोः

    बुटवल । आज जनै पूर्णिमा र रक्षावन्धन पर्व । हिन्दू धर्मालम्बी तागाधारीले नयाँ जनै धारण र रक्षाबन्धन गर्ने दिन ।
    जनै र रक्षावन्धन वैदिक एवं शास्त्रीय विधिअनुसार बनाइएको पवित्र र शुद्ध हुनुपर्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय धर्म, संस्कृति र संस्कारलाई नै खलल पु¥याउने गरी नक्कली जनै र रक्षाबन्धनको बिगबिगी बढ्दै गएको वैदिक र शास्त्रीय विधि अनुसार जनै बनाउँदै आएका उद्योगीको गुनासो छ ।


    नेपालमै सम्भवतः पहिलो वैदिक जनै एवं रक्षावन्धन उत्पादन गर्ने गरी बुटवलमा ०५८ सालदेखि राधा धागो उद्योग सञ्चालन गर्दै आएका बुद्धिप्रसाद शर्मा शाष्त्रीले बजारमा वैदिक विधिविपरीत जनै तथा रक्षाबन्धन धागो उत्पादन र ब्यापार हुने गरेको गुनासो गर्छन् । पोलिस्टर धागो मिश्रित जनै र रक्षाबन्धनको बढ्दो प्रयोगका कारण नेपालको धर्म संस्कृतिमाथि नै प्रहार भएको उनको भनाइ छ ।


    हिन्दू धर्मका वैदिक ग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्यायन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । जनैका शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ । शुद्ध जनै र रक्षाबन्धन सुती धागोबाट बनेको ९ सरा हुनुपर्नेमा बजारमा नाफा कमाउन उद्देश्यले ७५ प्रतिशत पोलिस्टर मिसाइएको ३ सराको मात्रै पनि बनाउने गरिएको उद्योगी शर्माको गुनासो छ ।


    जनै मन्त्रँदा सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तु देवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश र जगत जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिनुपर्ने शास्त्रीय र वैदिक जनैका सम्पादनकर्ता बुद्धिप्रसाद शर्मा बताउँछन् । तर बजारमा पाइने अधिकांश जनैमा यस्तो विधि नपु¥याई केवल नाफा कमाउनकै लागि बजारमा पठाइने संस्कृतमा साहित्याचार्य र अर्थशाष्त्रमा स्नातक शर्माको दाबी छ ।


    नक्कली जनै र रक्षाबन्धन धारण गर्नेहरुले पनि शुद्ध र सक्कली नहेरी जुन पायो त्यही प्रयोग गर्दा धर्मसंस्कृति रक्षाका लागि राज्यलाई कर तिरेर मेहनतपुर्वक सञ्चालन गरिएको उद्योगलाई असर गरेको दुखेसो शर्माको छ । धर्म संस्कृति र संस्कार बचाउन आफ्नो उद्योगले वैदिक विधि अनुसार सुति धागोबाट जनै र रक्षा बन्धन बनाउंदै आएको र आफ्ना दुई छोराहरुलाई पनि यही व्यवसायमा आवद्ध गराएको शर्माले बताए । 


    एक करोड बढी लगानी भएको उनको उद्योगले सिजनमा ६ सय जना सम्मलाई र बाह्रै महिना करिब २० जनालाई रोजगारी दिएर वार्षिक ५० लाख जनै र ५ क्वीन्टल बढी रक्षा बन्धन (डोरो) उत्पादन गर्दै आएको छ । उनको उद्योगमा काम गर्ने कामदार सबै ब्राह्मण महिला हुन् । 


    उनीहरुले घरमै धागो लगेर फुर्सदमा जनै बनाएर मासिक १५–२० हजार आम्दानी गर्छन् । यसबाहेक लाख बत्ती, बत्ती धागो, अनन्त डोरो पनि यो उद्योगले उत्पादन गर्दै आएको छ । यो उद्योगले उत्पादन गर्ने जनै र रक्षाबन्धनको माग र बजार रुपन्देही, नवलपरासी, कपिलवस्तुसहित काठमाडौं, चितवन, पोखरा, दाङ, बागलुङ, नेपालगञ्ज, धनगढीसम्म मात्र नभई विदेशसम्म छ ।
    तर बिक्रेताहरुले शास्त्रीय र वैदिक भनेर नक्कली जनै र नेपालमै पनि विशेषगरी पूजा सामग्री बिक्रेताहरुले उद्योग दर्ता नगरी अवैध तरिकाले जनै र रक्षाबन्धन बनाएर बिक्री गरिदिँदा वैधानिक तरिकाले सञ्चालित आफ्नो उद्योग मारमा परेको उद्योगी शर्माले गुनासो गरे ।


    कतिपय पूजा सामग्रीले उद्योगबाट थोरै परिमाणमा वैदिक जनै खरिद गर्ने अनि आफैंले अवैध ढंगले तयार गरेको नक्कली जनैलाई समेत शास्त्रिय र वैदिक भन्दै बिक्री गरिरहेको शर्माको दाबी छ ।


    आफूले उद्योग सञ्चालन गरेपछि पण्डित र पुरोहितहरुले समेत जनै र रक्षाबन्धन बनाउन छाडेकामा पनि शर्मा चिन्तित छन् । ‘मेरो उद्योग बन्द भएमा सक्कली जनै र रक्षाबन्धन नै हराउने हो कि भन्ने चिन्ता लागेको छ, त्यसैले पण्डित र पुरोहितहरुले आफ्ना उत्तराधिकारीलाई वैदिक र शास्त्रीय जनै तथा रक्षाबन्धन बनाउने सीप हस्तान्तरण गर्नुपर्छ, यसतर्फ राज्यको पनि ध्यान जाओस् ।’ शर्माको उद्योगले उद्योग विभागबाट उत्कृष्ट जनै उद्योगको पुरस्कार समेत जितेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij