२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाढीपीडितका लागि तिलोत्तमाद्वारा ४० लाख सहयोग

बाढीपीडितका लागि तिलोत्तमाद्वारा ४० लाख सहयोग

बाढीपीडितका लागि तिलोत्तमाद्वारा ४० लाख सहयोग

बाढीपीडितका लागि तिलोत्तमाद्वारा ४० लाख सहयोग

बाढीपीडितका लागि तिलोत्तमाद्वारा ४० लाख सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले  रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने तथा नगरका जनप्रतिनिधि र कर्मचारीको तीन दिनको सुविधा तथा पारिश्रमिक बराबरको करिब १५ लाख गरी कूल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।


    नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकपछि तिलोत्तमा नगरपालिकाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र सुरक्षित पुनर्मिलनका लागि सहयोग गर्ने निर्णय गरिएको हो ।


    नगर प्रमुख रामकृष्ण खाँणले विपद्मा परेका नागरिकलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्नु आवश्यक रहेकाले उद्धार, राहत र पुनस्र्थापनाका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गरिएको बताए ।
    उप–प्रमुख जगेश्वरदेवी चौधरीले विपद्का बेला राहत र उद्धारलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा नागरिकबीच सहकार्य आवश्यक रहेको बताइन् । 


    भविष्यमा यस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने नगरपालिकाले जनाएको छ । त्यसका लागि पूर्वसूचना प्रणाली, प्रविधिको प्रयोग, जोखिमयुक्त क्षेत्रको पहिचान तथा समुदायस्तरमा विपद् सचेतना अभिवृद्धिमा जोड दिने विज्ञप्तिमा उल्लेख छ ।


    नगरपालिकाले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणमा सबै पक्षको ध्यानाकर्षण गराएको छ । साथै शोकलाई शक्तिमा, पीडालाई सहकार्यमा र विपद्लाई सुरक्षित भविष्य निर्माणको अवसरमा रूपान्तरण गर्न नेपालीबीच एकता, सहयोग र सहकार्यको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।


    भदौ १० गते बुधबार बिहान करिब ९ः१५ बजे रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । 


    नगरपालिकाले विपद्को पीडा प्रभावित परिवारको मात्र नभई सम्पूर्ण राष्ट्र र नेपाली समाजकै साझा पीडा भएको भन्दै स्थानीय सरकारका रूपमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनु आफ्नो मानवीय तथा सामाजिक दायित्व भएको जनाएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij