बुटवल । रसुवा लगायत जिल्लामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि **गैरे प्रतिष्ठान प्रा.लि.**ले रु. ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ। प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेले प्राकृतिक विपत्तिमा परेका पीडितलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको जानकारी दिए। उनले विपद्को कठिन घडीमा पीडित परिवारसँगै रहेको बताएका छन्।
yo ha




