२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विपद् प्रभावितको उपचारमा सहयोग गर्न लायन्स क्लब अफ बुटवल युथले संकलन गर्‍यो १०१ युनिट रगत

विपद् प्रभावितको उपचारमा सहयोग गर्न लायन्स क्लब अफ बुटवल युथले संकलन गर्‍यो १०१ युनिट रगत

विपद् प्रभावितको उपचारमा सहयोग गर्न लायन्स क्लब अफ बुटवल युथले संकलन गर्‍यो १०१ युनिट रगत

विपद् प्रभावितको उपचारमा सहयोग गर्न लायन्स क्लब अफ बुटवल युथले संकलन गर्‍यो १०१ युनिट रगत

विपद् प्रभावितको उपचारमा सहयोग गर्न लायन्स क्लब अफ बुटवल युथले संकलन गर्‍यो १०१ युनिट रगत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • बुटवल । रसुवा नाका हुँदै आएको विनाशकारी बाढीपछि घाइतेको उपचारका क्रममा रगतको अभाव हुन थालेपछि लायन्स क्लब अफ बुटवल युथले आपत्कालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

    भदौ १० गते आएको बाढीबाट प्रभावित तथा घाइतेको उपचारमा रगतको माग बढिरहेका बेला छोटो समयको तयारीमै आयोजना गरिएको रक्तदानबाट १०१ युनिट रगत संकलन भएको क्लबले जनाएको छ । संकलित रगतले विपद्का कारण उपचाररत बिरामीका लागि आवश्यक रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपालका पीडीजी लायन अर्जुनमान सैजु, लायन्स ब्लड बैंक कोअर्डिनेटर लायन खेम हमाल र जीएसटी कोअर्डिनेटर पीएमजेएफ लायन प्रकाशकुमार श्रेष्ठले विपद्को समयमा छोटो तयारीमै रक्तदान आयोजना गर्नु प्रशंसनीय रहेको बताए । उनीहरूले आपत्कालीन अवस्थामा रगत उपलब्ध गराउन यस्ता मानवीय अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

    क्लब अध्यक्ष एमजेएफ लायन दीपक थापाले बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले क्लबले विभिन्न योजना अघि बढाएको बताए । उनका अनुसार क्लबले कम्तीमा १०० युनिट रगत संकलन गर्ने, आपत्कालीन अवस्थामा सदस्यलाई तत्काल परिचालन गर्ने, सदस्यबाट स्वेच्छिक सहयोग रकम संकलन गरी नेपाल सरकारले तोकेको आधिकारिक खातामा जम्मा गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक राहत र अन्य सहयोगमा सक्रिय सहभागिता जनाउने योजना बनाएको छ ।

    कार्यक्रम संयोजक लायन प्रदीपकुमार विश्वकर्माले छोटो समयको तयारीका बाबजुद सदस्य, रक्तदाता र सहयोगीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको बताए ।

    क्लब सचिव लायन लक्ष्मण बन्जाडेले विपद् तथा सामाजिक चुनौतीको सामना सामूहिक एकता र सेवाभावबाट गर्नुपर्ने भन्दै प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहयोगलाई क्लबले प्राथमिकतामा राख्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij