बुटवल । लुम्बिनी वल्र्ड स्कूल तिलोत्तमाले रसुवा लगायत जिल्लाका बाढी प्रभावितका लागि राहत रकम प्रदान गरेको छ । विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार ५५५ रुपैयां जम्मा गरेको विद्यालयका अध्यक्ष गोपाल टण्डनले बताए । मुलुकमा आइपरेको विपत्तिमा विद्यालयले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सक्दो रकम राहत कोषमा प्रदान गरेको अध्यक्ष टण्डनको भनाई छ ।




