२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा थरिथरिका गाईजात्रा

पाल्पामा थरिथरिका गाईजात्रा

पाल्पामा थरिथरिका गाईजात्रा

पाल्पामा थरिथरिका गाईजात्रा

पाल्पामा थरिथरिका गाईजात्रा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • पाल्पा  
    तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीहरुमा गाईजात्रा निकालिएको छ ।  एक वर्षभित्र दिवंगत भएका परिवारका सदस्यहरुको संम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ । विशेषगरी नेवारी समुदायमा गाईजात्रा परम्परा चलन चल्तीमा रहेको पाइन्छ । 


    नेवार समुदायको बसोबास रहेको तानसेन, हार्थाेक, ताहँ भैरवस्थान, पेलावास, रिडीलगायतका क्षेत्रमा परम्परागत रुपमा  गाईजात्रा निकालिएको छ । नेवारी समुदायमा गाईजात्रा मनाउने विभिन्न मान्यता रहेको पाइन्छ । पाल्पामा कसैले धार्मिक परम्परा अनुसार गाईजात्रा मनाउने गर्दछन् भने केही समुदायमा भने मनोरञ्जनको लागि गाईजात्रा मनाउने गरिएको छ । विगतमा मनोरञ्जनका कुनै आधुनिक साधन र प्रविधि नहँुदा विभिन्न किसिमका जात्राहरु नै मनोरञ्जनका साधनका रुपमा परिचित रहेका थिए ।  गाईजात्रालाई मृत्यु गणनाको दिनको रुपमा पनि लिने गरिन्छ । राजा प्रताप मल्लको छोराको मृत्यु भएपछि रानीले शोक गरिरहेको समयमा अन्य मानिसहरु को मृत्यु भइरहेको छ भनेर रानीलाई सम्झाउन, वर्षभरीमा मृत्यु गणनाको रेकर्ड राख्न गाईजात्रा निकाल्ने परम्पराको सुरुवात भएको र आजकल नेवारी समुदायको सिको गरी अन्य समुदायले पनि गाईजात्रा मनाउँदै आएको संस्कृतिविद निर्मल श्रेष्ठले बताए । 


    मृतकको घरपरिवार बाट गाईजात्रा निकाल्दा मृतक व्यक्तिको स्वर्गमा बास हुने मान्यता रहेको छ । गाईजात्राको दिन यमलोकको ढोका खुल्ने भएकोले मृतकको नाममा जनै पूािर्णमाको भोली पल्ट गाईजात्रा निकाल्ने चलन रहेको छ । घरपरिवारबाट  मृतकको नाममा राधा कृष्ण तथा विभिन्न भगवानका रुप बनाएर मानिसलाई सिंगार पटार गर्ने, निगुर्ण भजन, कृर्तन गर्दै, मृतकको फोटो देखाउदै आफन्त, ईष्टमित्र, साथीभाइको साथमा तानसेनमा गाईजात्रा निकालिएको हो । आर्थिक अवस्था कमजोर भएका घर परिवारबाट भने छोराहरु जोगीको रुप धारण गरेर भिक्षा माग्ने, कसैले  सक्कली गाईलाई डो¥याएर हिंड्ने, कसैले काम्ले गाई, बासा,  ताहमचा, बनाएर गाईजात्रामा पदर्शन गर्दै आएका छन् । 


    मानिसको बसाईसराइसँगै परम्परागत कला संस्कृति पनि हराउँदै गएका छन् । नेवारी समुदाय तानसेनबाट विस्थापित हुँदै जाँदा परम्परागत कला संस्कृतिमा पनि कमि आएको छ । विभिन्न बहाना तथा अत्याधिक खर्चको कारण गाईजात्रा विगतका वर्षहरुमा जस्तो चहल, पहल, भिडभाड र रौनक हराउँदै जान थालेपछि नेवा गुठी तानसेन पाल्पाले संयुक्त रुपमा गाईजात्रा निकालेको छ । नेवारी समुदायको परम्परा संस्कृति बचाउन, खर्चलाई लाई व्यवस्थित गर्न गर्न सामूहिक रुपमा गाईजात्रा निकालिएको नेवा गुठी तानसेनका अध्यक्ष प्रकाशनाथ गङ्गोलले बताए ।


    तानसेनमा निकालिने सबै जात्राहरु पाल्पा दरवारमा पु¥याउने परम्परा रहेको छ । पाल्पा दरबार तत्कालिन समयमा पश्चिम क्षेत्रको प्रशासनिक केन्द्र रहेकोले तानसेनबाट निकालिने हरेक किसिमको जात्रा दरवारमा पु¥याउने परम्परा रहेको हो । गाईजात्रा लिएर दरबारमा पुग्नेहरुलाई सर्वसाधारणहरुले मिठाई, पानी, फलफूल, दूध खुवाएका छन् । 


    सरकारले तानसेन नगरलाई सांस्कृतिक नगरको रुपमा मान्यता दिएको छ । तानसेनमा अधिकाश कला संस्कृति नेवारी  र मगरी भेषभुषामा आधारित रहेका छन् । स्थानीय कला संस्कृति जोगाउन, बजार चहल पहल बढाउन नै तानसेन नगरपालिकाले गाईजात्रालाई प्रमुख पर्वको रुपमा मनाउने गरिन्छ । स्थानीय कला संस्कृति जोगाउन, संरक्षण गर्न स्थानीय सरकारको  प्रमुख भूमिका र जिम्मेवारी रहन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij