२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन स्पोर्टस् क्लबमा नयां कार्यसमिति

न्यू होराइजन स्पोर्टस् क्लबमा नयां कार्यसमिति

न्यू होराइजन स्पोर्टस् क्लबमा नयां कार्यसमिति

न्यू होराइजन स्पोर्टस् क्लबमा नयां कार्यसमिति

न्यू होराइजन स्पोर्टस् क्लबमा नयां कार्यसमिति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • बुटवल । न्यू होराइजन स्पोर्टस् क्लब बुटवलको तेस्रो अधिवेशनले चेतन बहादुर उचै ठकुरी अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । ठकुरी यस अघि पनि अध्यक्ष थिए । आइतबार बुटवलमा सम्पन्न क्लबको छैटौँ बार्षिक साधारण सभा तथा अधिवेशनले सर्वसम्मतरुपमा दुई वर्षे कार्यकालका लागि नयां कार्यसमिति चयन गरेको हो । 
    क्लबको वरिष्ठ उपाध्यक्ष बालकृष्ण बस्याल,उपाध्यक्षमा लीला खनाल,सचिवमा मिलन राना,कोषाध्यक्षमा कुशल बस्याल,सहसचिवमा नरेन्द्र कुमार सारु र सह कोषाध्यक्षमा मिनु प्रसाद पौडेल निर्वाचित भएका छन् । 
    यस्तै कार्यसमिति सदस्यहरूमा जिवलाल ज्ञवाली, श्रीमणि न्यौपने, सोमबहादुर थापा, मनोज गुरुङ, हिमकुमारी थापा, अम्बिका राना, खुशी खांड र महेन्द्र बहादुर सुनार निर्वाचित भएका छन् । 
     नयां निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक एवं न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्राचार्य वासुदेव अर्याल, निवर्तमान प्राचार्य लोकनाथ उपाध्याय, क्लबका संस्थापक अध्यक्ष प्रकाश खनाल लगायतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । 
     नव निर्वाचित कार्यसमितिका सचिव मिलन रानाले आगामी दुई वर्षे कार्यकालमा क्लबले विभिन्न विधाका खेल प्रतियोगिता सञ्चालन गर्नुका साथै खेलाडी उत्पादन र सामाजिक काममा पनि सक्रिय रहने बताए । 
    कार्यक्रममा विद्यालयका निवर्तमान प्राचार्य लोकनाथ उपाध्याय, वर्तमान प्राचार्य बासुदेव अर्याल, क्लबका संस्थापक अध्यक्ष प्रकाश खनाल लगायतले बोल्दै क्लबले गरेका गतिविधिले खेलकुदमा पनि विद्यालयलाई अब्बल बनाउन योगदान गरेको भन्दै सराहना गरेका थिए । 
    क्लबका अध्यक्ष चेतन बहादुर उचै ठकुरीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण बस्यालको स्वागत र सचिव लिला खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
    क्लबमा ८२ जना सदस्य, २ जना आजीवन सदस्य रहेकामा वार्षिक साधारणसभाकै अवसरमा विद्यालयका निवर्तमान प्राचार्य  लोकनाथ उपाध्याय र निवर्तमान उपप्राचार्य बालकृष्ण भण्डारीले क्लबको आजीवन सदस्यतता लिने घोषणा गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij