२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गल्याङ–रुपन्देही सम्पर्क समाजद्वारा विपद् कोषमा ५१ हजार १ सय सहयोग ,तीज विशेष कार्यक्रम स्थगित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • बुटवल । स्याङ्जाको गल्याङ नगरपालिका स्थायी घर भई रुपन्देहीमा बसोबास गर्दै आएका नागरिकहरूको संस्था गल्याङ – रुपन्देही सम्पर्क समाजले तीज विशेष कार्यक्रम स्थगित गर्दै विपद् प्रभावितको राहतका लागि ५१ हजार १ सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    समाजको आज बसेको छलफलले यही भदौ १७ गते आयोजना गर्ने तय भएको तीज विशेष कार्यक्रम देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गर्ने निर्णय गरेको हो। कार्यक्रमका लागि छुट्याइएको रकममध्ये रु. ५१ हजार १ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको समाजले जनाएको छ।

    समाजका अध्यक्ष जनक श्रेष्ठले चाडपर्व मनाउनेभन्दा विपद्मा परेका नागरिकको पीडामा साथ दिनु अहिलेको प्राथमिकता भएको बताए। उनले भने, “देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा हामीले उत्सवभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिएका हौँ।

    तीज कार्यक्रम स्थगित गरेर विपद् प्रभावित नागरिकको राहतमा थोरै भए पनि योगदान गर्न पाउँदा संस्थालाई जिम्मेवार सामाजिक दायित्व पूरा गरेको अनुभूति भएको छ।”

    श्रेष्ठले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्दै प्रभावित परिवारको दुःखमा साथ दिनुपर्ने बताए। समाजले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij