२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाढी प्रभावितलाई बुस्टर फिडद्वारा १५ लाख १० हजार सहयोग

बाढी प्रभावितलाई बुस्टर फिडद्वारा १५ लाख १० हजार सहयोग

बाढी प्रभावितलाई बुस्टर फिडद्वारा १५ लाख १० हजार सहयोग

बाढी प्रभावितलाई बुस्टर फिडद्वारा १५ लाख १० हजार सहयोग

बाढी प्रभावितलाई बुस्टर फिडद्वारा १५ लाख १० हजार सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • बुटवल । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रुपन्देहीको सियारीमा रहेको बुस्टर फिड इन्डस्ट्रिज प्रालिले १५ लाख १० हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
    कम्पनीले सोमबार नबिल बैंकमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो । बाढीपहिरोबाट रसुवासहित देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित परिवारको राहतका लागि कम्पनीले सहयोग गरेको जनाएको छ।
    कम्पनीका अध्यक्ष गोपाल टण्डनले विपद्को समयमा प्रभावित नागरिकको पीडामा निजी क्षेत्र पनि सँगै उभिनुपर्ने बताए। “देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण नागरिकले ठूलो दुःख र क्षति व्यहोर्नुपरेको छ। यस्तो कठिन समयमा व्यवसायभन्दा माथि उठेर मानवीय दायित्व पूरा गर्नु हाम्रो जिम्मेवारी हो। प्रभावित परिवारको राहतमा केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरेका हौँ,” टण्डनले भने।
    उनले विपद्को समयमा सरकारको उद्धार तथा राहत अभियानलाई सहयोग गर्न निजी क्षेत्र, उद्योगी व्यवसायी तथा आम नागरिक सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे । बुस्टर फिड लुम्बिनी प्रदेशकै पुरानो र अग्रणी दाना उद्योग हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij