२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाढी प्रभावितलाई उद्योग व्यापार संघको एक लाख ११ हजार सहयोग

बाढी प्रभावितलाई उद्योग व्यापार संघको एक लाख ११ हजार सहयोग

बाढी प्रभावितलाई उद्योग व्यापार संघको एक लाख ११ हजार सहयोग

बाढी प्रभावितलाई उद्योग व्यापार संघको एक लाख ११ हजार सहयोग

बाढी प्रभावितलाई  उद्योग व्यापार संघको एक लाख ११ हजार सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  •  

    बुटवल । उद्योग व्यापार संघ बुटवलले रसुवामा बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

    संघले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार जम्मा गरेको हो। प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संघले आर्थिक सहयोग गरेको अध्यक्ष लोकनाथ पन्थीले जानकारी दिए।

    अध्यक्ष पन्थीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै संघले सहयोग गरेको उनको भनाइ छ।

    उनले बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण र दीर्घकालीन पुनःस्थापनामा राज्यसँगै निजी क्षेत्र, व्यवसायी तथा सामाजिक संघसंस्थाको सहकार्य आवश्यक रहेको बताए।

    संघले विपद्को कठिन समयमा सानो सहयोगले पनि पीडित परिवारलाई राहत र मनोबल प्रदान गर्न सक्ने विश्वास व्यक्त गरेको छ। मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै पीडितको दुःखमा साथ दिने अभियानमा निजी क्षेत्र पनि निरन्तर जोडिनुपर्ने  संघका महासचिव विजय आचार्यले बताए । 

    रसुवामा आएको बाढीका कारण जनधनको क्षति हुनुका साथै विभिन्न क्षेत्रमा भौतिक संरचना तथा जनजीवन प्रभावित भएको अवस्थामा संघको सहयोगले राहत तथा पुनःस्थापनाका प्रयासमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij