२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल अटो इन्जिनियरिङ एशोसियसनद्वारा बाढीपीडितका लागि साढे २ लाख सहयोग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  •  

    बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देहीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

    एशोसियसनका अध्यक्ष प्रेम गौचनले बाढीबाट ठूलो जनधनको क्षति भएको दुःखद् अवस्थामा पीडितको सहयोगका लागि संस्थाको तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको बताए।

    भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवालगायतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको तथा धेरै नागरिकको ज्यान गएको र केही अझै सम्पर्कविहीन रहेको अवस्थामा एशोसियसनले मानवीय सहयोग गरेको हो।

    यसैगरी, एशोसियसनले भदौ ११ गते बिहीबार साँझ दीप प्रज्वलनसमेत गरेको थियो। उद्योग उपाध्यक्ष ध्रुवराज भुसालले बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरी हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको बताए। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको जानकारी दिए।

    एशोसियसनले विपद्को यस दुःखद् घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा मानवीय सहयोगमा आफ्नो तर्फबाट योगदान गरेको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij