२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाढी प्रभावितलाई शाइन रेसुंगा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुंगा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुंगा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुंगा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुंगा बैंकद्वारा ६५ लाख सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • बुटवल । भोटेकोसी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख  र कर्मचारीहरुको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । 


    प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहँु, चितवनलगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले सो कोषमा रकम सहयोग गरेको बैंकले जनाएको छ । 


    ‘विपतको कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरुलाई सहयोग पु¥याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको हो ।’– बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


    बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी हालसम्म पनी सम्पर्कमा नआएका नागरीकहरुको सकुशल उद्धार एवं घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


    शाइन रेसुंगा बुटवलमा केन्द्रीय कार्यालय रहेको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहनमा आफूलाई सधैं अगाडि उभ्याउँदै आएको छ । प्राकृतिक विपद होस् वा समुदायको आवश्यकता सबै क्षेत्रमा बैंकले सबै पक्षलाई सक्दो साथ र सहयोग गर्दै आएको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij