२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन बोर्डिङ्ग द्वारा भोटेकोशी बाढीपीडितलाई ९ लाख १८ हजार सहयोग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • बुटवल । भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।
    कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट २ लाख ५२ हजार रुपैयां र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजूबाट एक लाख ११ हजार एक सय ५ रुपैयां गरी कुल ९ लाख १८ हजार ६ सय ६० रुपैयां मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो ।
    विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू होराइजन परिवारले राहत रकम सहयोग गरेको बताए । 
    विद्यालयले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । २०४६ सालमा स्थापना भएको न्यू होराइजन देशकै अग्रणी शैक्षिक संस्था मानिन्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij