२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवललाई जोखिमबाट जोगाऔँ

बुटवललाई जोखिमबाट जोगाऔँ

बुटवललाई जोखिमबाट जोगाऔँ

बुटवललाई जोखिमबाट जोगाऔँ

बुटवललाई जोखिमबाट जोगाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • हरेक विपतपछि बुटवलमा विपत जोखिम र न्यूनीकरणबारे चर्चा हुन्छ । विगतमा तिनाउ बाढी र चुरेको पहिरोले क्षति व्यहोरेका बुटवलका बासिन्दा अन्यत्र बाढी र पहिरोले उठिबास लगाउँदा झस्किनु स्वभाविक छ । बुटवल विपतको उच्च जोखिममा छ । तर जोखिम न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे पहलकदमी छैन ।


    बाढी र पहिरोले झस्किदा जोखिम न्यूनीकरणका योजना र रणनीतिबारे चर्चा हुने, तर विस्तारै सेलाउँदै जाने प्रवृत्ति छ ।  विपतपछि उद्धार र राहत वितरणमा जुन सक्रियता छ, जोखिम न्यूनीकरणका लागि हुनुपर्ने संवेदनशीलताको अभावले विपत निम्तिरहेको छ । ज्योतिनगरको पहिरोले ज्योतिनगर र लक्ष्मीनगर मात्रै नभएर बुटवललाई नै जोखिममा पार्ने देखिंदा पनि दीगो व्यवस्थापनमा ध्यान पुगको छैन । तिनाउको बाढीले विगतमा धेरै क्षति गरेको र अहिले नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बस्नेहरु बढेकाले जोखिम झनै बढी छ । ज्योतीनगरमाथिको श्रवणडाँडा ३० मिटर तल धस्केको तीन वर्ष भयो । तल धस्केको पहाड संयोगले खसेको छैन, कमजोर भुवनोटमा रहेको पहाड तल खस्यो भने ठूलो क्षति हुनेछ । त्यो पहाडलाई थप धस्किन नदिनका लागि चाल्नुपर्ने कदममा किन ढिलाइ भइरहेको छ ? ज्योतिनगर र लक्ष्मीनगरको बस्ती नै जोखिममा रहेको निष्कर्ष विज्ञहरुले निकाले पनि बस्ती स्थान्तरण गर्न प्राथमिकता छैन । चुरेको पहिरोले २०५५ सालयता ज्योतिनगर र लक्ष्मीनगरको बस्तीलाई जोखिम भएको  छ । पहिरो क्षेत्रको जमिनभित्र रहेको पानीलाई बाहिर निकाल्दा जोखिम रोक्न सकिन्छ भन्ने भूगर्भविदले ध्यानाकर्षण गराउँदै आए पनि तहगत सरकारले पटक्कै सुनेका छैनन् । पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गरी रोकथाम गर्नुपर्नेमा बेवास्ता गरिएको छ । चुरे क्षेत्रको संवेदनशिलता बुझेर बस्ती विकास र अरु पूर्वाधार निर्माणका काम गर्नुपर्नेमा मनपरी संरचना निर्माण गर्दा जोखिम झनै बढेको छ ।


    चुरेको पहिरोले बुटवलमा जोखिम बढाएझैं तिनाउमा बाढीको जोखिम पनि उत्तिकै छ । नदीको तटिय क्षेत्र अतिक्रमण गरी दुई दशकमा घना बस्ती बसेका छन् । नदी किनारको जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा नसार्ने हो भने सम्भावित क्षतिको आँकलन सामान्य छैन । मुसलधारे पानी परेको बेला पाल्पाको चुरे क्षेत्रमा पहिरो जाने र नदी थुनिने गरेका घटना विगतमा भएका थिए । विगतका यस्ता घटनाबाट हामीले पाठ सिक्न सकेनौं । त्यसो त चुरेको खोंचमा क्लाउड ब्रष्ट अर्थात् बादल विष्फोट हुने उच्च जोखिम हुन्छ । बादल विष्फोट हुने ठाउँमा थोरै समयमा धेरै वर्षा हुन्छ । यी सम्भावित परिदृष्यलाई नियालेर तहगत सरकारले विपत व्यवस्थापनको कार्ययोजना बनाएर जोखिम न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न ढिलाइ गरिरहेका छन् । विपत भइसकेपछि राहत वितरणभन्दा जोखिम न्यूनीकरण र पूर्व तयारीमा ध्यान दिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij