बुटवल । ग्रीनसिटी अस्पताल काठमाडौंद्वारा भोटेकोसी बाढी प्रभावितको राहतका लागि पाँच लाख आर्थिक सहयोग प्रदान गरिएको छ ।
अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले मुलुकमा उत्पन्न विपदको बेलामा पीडितलाई राहत पुगोस् भनने उद्देश्यले् संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको बताए । साथै डाक्टरसहितको टोली पुगेर घाइते चार जना बालबालिकालाई काठमाडौंस्थित आफ्नै अस्पतालमा ल्याएर उपचार गरिरहेको अस्पतालका अध्यक्ष टण्डनले बताए ।
ती बालबालिकालाई अभिभावकले स्वीकृति दिएमा उच्च शिक्षा र पालनपोषण निःशुल्क गरिदिने टण्डनले जानकारी दिए ।




