२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा सिर्जनशील समाजले बाढी पीडितलाई राहत बाँड्दै

तिलोत्तमा सिर्जनशील समाजले बाढी पीडितलाई राहत बाँड्दै

तिलोत्तमा सिर्जनशील समाजले बाढी पीडितलाई राहत बाँड्दै

तिलोत्तमा सिर्जनशील समाजले बाढी पीडितलाई राहत बाँड्दै

तिलोत्तमा सिर्जनशील समाजले बाढी पीडितलाई राहत बाँड्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • बुटवल । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि तिलोत्तमा सिर्जनशील समाजले करिब १७ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी वितरणका लागि धादिङतर्फ पठाएको छ ।


    समाजले स्थानीय टोल विकास संस्था, आमा समूह तथा थ्री सिस्टर कलेक्सन बुटवललगायतको सहकार्यमा तीन दिनसम्म राहत सामग्री संकलन गरेको हो । संकलन गरिएको राहतमा चामल, दाल, तेल, सोयाबिन, बेसार तथा विभिन्न मसला, चाउचाउ, बिस्कुट, कपडा, भाँडाकुँडा र मेडिकल सामग्रीलगायत छन् । संकलित राहत सामग्री धादिङको गजुरी गाउँपालिका–१, २ र ६ का बाढी प्रभावितलाई वितरण गरिने राहत सामग्री संकलन संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष पदमबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । उनका अनुसार करिब १७ लाख रुपैयाँ बराबरको राहत सामग्री तीनवटा बोलेरो गाडीमा धादिङ लगिएको हो । उक्त सामग्री करिब ३०० जना प्रभावितलाई वितरण गरिनेछ ।


    राहत सामग्री लिएर तिलोत्तमा सिर्जनशील समाजका अध्यक्ष सन्तोष बर्मा केसी, वरिष्ठ उपाध्यक्ष पदमबहादुर पौडेल क्षेत्री, सुभाष थापासहित ६ जनाको टोली बुधबार बिहान धादिङतर्फ प्रस्थान गरेको हो ।


    टोलीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उप–प्रमुख जगेश्वरदेवी चौधरी, तिलोत्तमा–४ का वडाध्यक्ष तथा स्थानीय बासिन्दाले बिदाइ गरेका थिए ।


    बिदाइ कार्यक्रममा नगर प्रमुख खाँणले देशको जुनसुकै स्थानमा विपद् आइपर्दा पीडितको सहयोगमा तिलोत्तमा नगरपालिका र नगरवासी सधैँ अग्रसर रहने बताए । उनले राहत सामग्री ढुवानीमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
    उपप्रमुख चौधरीले भोटेकोसीमा आएको बाढीबाट उत्पन्न महाविपत्तिको सामना सबै मिलेर गर्नुपर्ने बताइन्  । विपद्का बेला आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्  ।


    २०७४ सालमा स्थापना भएको तिलोत्तमा सिर्जनशील समाजले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij