२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेप्सेमा दोहोरो अंकको बृद्धि

नेप्सेमा दोहोरो अंकको बृद्धि

नेप्सेमा दोहोरो अंकको बृद्धि

नेप्सेमा दोहोरो अंकको बृद्धि

नेप्सेमा दोहोरो अंकको बृद्धि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • बुटवल । सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २७ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स  १.९९ प्रतिशतले बढेर ३७४.०७ विन्दुमा अडिएको छ।


    दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्ध भूमि नेपाल हाइड्रोपावर,भगवती हाइड्रोपावर डेभलपमेन्ट र नेरुडे मिरमिरे लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    यसदिन ३१५ स्क्रिप्सको  १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा बढी हो। सो दिन ५ अर्ब २५ करोड १० लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। अघिल्लो दिन नेप्से परिसूचक  ४५.६९ अंकले बढेको थियो।


    कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रह्यो। पाँचवटा समूहको उपसूचक नकारात्मक देखिदा ८ वटा समूहका उपसूचक सकारात्मक देखिएका  छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ।

    आज १३५ स्टकको मूल्य बढ्दा १०७ वटाको घट्यो भने बाँकी ४ को मूल्य स्थिर रह्यो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij