२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीको १० लाखको राहत

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीको १० लाखको राहत

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीको १० लाखको राहत

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीको १० लाखको राहत

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीको १० लाखको राहत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • बुटवल । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अनेरास्ववियु रुपन्देहीले करिब १० लाख रुपियाँ बराबरको राहत सामग्री सङ्कलन गरी रसुवागढीतर्फ पठाएको छ । बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा स्वास्थ्यसम्बन्धी सामग्रीसहितको राहत लिएर अनेरास्ववियुको टोली शुक्रबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।
    अनेरास्ववियु रुपन्देहीका अध्यक्ष अर्जुन गैरहेको नेतृत्वमा सचिव सरोज खनाल, पूर्ण रोका र बुटवल बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष शशाङ्क बस्यालसहितको टोली राहत सामग्री लिएर रसुवागढीतर्फ प्रस्थान गरेको छ ।
    बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भएका परिवारलाई दैनिक उपभोगमा आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउने उद्देश्यले राहत सङ्कलन गरिएको अनेरास्ववियु रुपन्देहीले जनाएको छ । सङ्कलित राहतमा चामल, दाल, तेललगायत खाद्यान्न सामग्रीका साथै लत्ताकपडा र सरसफाइका सामग्री छन् ।
    त्यसैगरी, महिलाका लागि आवश्यक पर्ने सेनेटरी प्याडलगायत स्वास्थ्यजन्य सामग्री तथा बालबालिकाका लागि आवश्यक कपडासमेत राहत सामग्रीमा समावेश गरिएको छ । विपत्का बेला खाद्यान्नसँगै स्वास्थ्य, सरसफाइ तथा बालबालिकाको आवश्यकतालाई समेत ध्यान दिएर सामग्री सङ्कलन गरिएको अनेरास्ववियुले जनाएको छ ।
    राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याएर स्थानीय तह तथा अन्य निकायमार्फत मात्र वितरण गर्नेभन्दा प्रभावित परिवारको वास्तविक अवस्था पहिचान गरी प्रत्यक्ष रूपमा पीडितलाई हस्तान्तरण गर्ने तयारी गरिएको अनेरास्ववियु रुपन्देहीले जनाएको छ । यसबाट राहत सामग्री वास्तविक पीडितसम्म पुग्ने र तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
    अनेरास्ववियु रुपन्देहीका अध्यक्ष गैरेको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्थाबारे जानकारीसमेत लिने जनाएको छ । राहत वितरणसँगै बाढीका कारण विस्थापित तथा प्रभावित परिवारलाई आवश्यक सहयोगका विषयमा स्थानीयस्तरमा जानकारी सङ्कलन गर्ने तयारीसमेत गरिएको छ ।
    विपत्का समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै अनेरास्ववियुले राहत अभियान सञ्चालन गरेको जनाएको छ । विद्यार्थी तथा युवाको सहभागितामा सङ्कलन गरिएको राहतले बाढी प्रभावित परिवारलाई केही हदसम्म भए पनि तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ ।
    भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण स्थानीयको घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य तथा सरसफाइका सामग्रीको आवश्यकता बढेको छ । विशेषगरी महिला तथा बालबालिकाका लागि आवश्यक सामग्रीको अभाव हुन सक्ने भएकाले राहतमा त्यस्ता सामग्रीलाई समेत प्राथमिकता दिइएको अनेरास्ववियुले जनाएको छ ।
    राहत सामग्री लिएर गएको टोलीले प्रभावित परिवारको आवश्यकता बुझेर थप सहयोगका लागि समेत पहल गर्ने जनाएको छ । अनेरास्ववियु रुपन्देहीले विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्न विद्यार्थी तथा युवाको सामाजिक सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग जारी राख्ने जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij