२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • परासी  । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ घण्टा घर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

    प्रहरीका अनुसार शनिबार राति करिब ९ः३४ बजे बाइपासबाट बुद्धचोकतर्फ आउँदै गरेको लु ३३ प ५४७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका–४ निवासी करिब ३५ वर्षीय अशोक हरिजन र पछाडि सवार अर्का  पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुर निवासी करिब ३५ वर्षीय रमेश हरिजन घाइते भएका थिए।

    दुवै घाइतेलाई जिल्ला अस्पताल परासीमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल, रुपन्देही रिफर गरिएको थियो।

    अस्पतालमा उपचारका क्रममा मोटरसाइकल चालक अशोक हरिजनलाई राति ११ः३० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी डिएसपी मदन थापाले जानकारी दिए । उनको शव अस्पतालमै रहेको र पोस्टमार्टम हुन बाँकी रहेको छ।

    दुर्घटनामा घाइते रमेश हरिजनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको लुम्बिनी सिटी अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij