२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

यी हुन् रसुवा बाढीमा बेपत्ता रूपन्देहीका १८ जना

यी हुन् रसुवा बाढीमा बेपत्ता रूपन्देहीका १८ जना

यी हुन् रसुवा बाढीमा बेपत्ता रूपन्देहीका १८ जना

यी हुन् रसुवा बाढीमा बेपत्ता रूपन्देहीका १८ जना

यी हुन् रसुवा बाढीमा बेपत्ता रूपन्देहीका १८ जना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • बुटवल ।रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परि रूपन्देहीका १८ जना बेपत्ता छन्। भदौ १० गते बिहान आएको उक्त बाढीमा परेका प्रहरी जवानदेखि विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राविधिक, कर्मचारी तथा सामान लिन रसुवा गएका सवारी चालकहरूको अवस्था १३ दिनसम्म अज्ञात छ।

    जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार बेपत्ता हुनेमा १९ वर्षदेखि ४५ वर्ष सम्मका सबै पुरूष छन्।जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकाका ३/३ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र मायादेवी गाउँपालिकाका २/२ जना तथा तिलोत्तमा नगरपालिका, शुद्धोधन र रोहिणी गाउँपालिकाका १/१ जना गरी १८ जना बेपत्ता रहेका छन्।

    बाढीमा परी बेपत्ता भएका बुटवल १२ का १९ वर्षीय अंश गिरी र २३ वर्षीय अनुप पुन माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत आयोजनामा कार्यरत थिए भने वडा नं. ११ का ३८ वर्षीय जीवलाल अधिकारी माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनामा कार्यरत थिए।

    देवदह ७ का अस्विन अधिकारी र अस्मित अधिकारी सामग्री लिन सवारी साधन लिएर रसुवा नाका पुगेका चालक थिए भने वडा नं १० का धनबहादुर परियार एनडिज जलविद्युत आयोजनाका कामदार थिए।

    कञ्चनका माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत महेश आचार्य, रसुवा भन्सारमा कार्यरत लिल कुमार सुनार र रसुवा मैलुङ जलविद्युत आयोजनामा कार्यरत शिशिर विक पनि बेपत्ता छन्।

    त्यस्तै मैलुङ जलविद्युत आयोजनामा कार्यरत मायादेवीका अब्दुल खान र शिवनाथ थारू तथा रसुवा जलविद्युत आयोजनामा कार्यरत सैनामैनाका गणेश ज्ञवाली र जीवन चौधरीको अवस्था पनि १३ दिनदेखि अज्ञात छ।

    जिल्ला प्रशासनका अनुसार सिद्धार्थनगरका माथिल्लो त्रिशूली ३ बि जलविद्युत आयोजनामा कार्यरत नीरज बाबु रेग्मी, नुवाकोट पावर हाउसमा कार्यरत शिव प्रसाद चौधरी, रसुवा जलविद्युत आयोजनामा कार्यरत शुद्धोधनका नीराजन पङ्गेनी, तिलोत्तमाका वसन्त थारू र प्रहरी चौकी रसुवागढीमा कार्यरत तिलोत्तमाका प्रहरी जवान सन्दीप भर बाढीमा परी बेपत्ता भएका छन्।

    यता कतिपय बेपत्ता व्यक्तिहरूको नाम भने जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैन।रसुवागढी जलविद्युत आयोजनामा कार्यरत बुटवल ११ का किशोर न्यौपाने क्षेत्रीको नाम जिल्ला प्रशासनको बेपत्ता भएकाहरूको सूचीमा छैन।

    आयोजनाको ३५० मिटर भित्र सुरूङको पावर हाउसमा हाइड्रो मेकानिकल ओभरसियर पदमा कार्यरत शिशिर भदौ १० गते बिहान पौने ९ बजेसम्म परिवार र आफन्तको सम्पर्कमा रहे पनि त्यसयता बेपत्ता छन्।

    बेपत्ता भएकाका परिवार तथा आफन्तहरू नारायणी र त्रिशूली किनार तथा विभिन्न अस्पताल पुगेर खोजी गरे पनि फेला नपारेपछि अझै पनि सकुशल फर्किने झिनो आशामा छन्।

    जलविद्युत आयोजनामा थुनिएका र घरभित्र पुरिएकाहरूको समेत जीवितै उद्दार गरिएको समाचार आउँदा जलविद्युत आयोजनाका सुरूङभित्र खोजी र उद्धारलाई बढाउन सके आफ्ना प्रियजनहरूलाई सकुशल बाहिर निकाल्न सकिने आसमा छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij