परासी । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ।नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष नगेन्द्र कुमार अग्रहरीले नेपाल उद्योग महासंघका उद्योग बाणिज्य उपाध्यक्ष कृष्णप्रसाद शर्मामार्फत बाढी प्रभावित क्षेत्रका राहत तथा पुनःस्थापनाका लागि सहयोग रू दुई लाख १० हजार रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो ।
नवलपरासी उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा बाढी प्रभावितका लागि राहत रकमको चेक हस्तान्तरण गरिएको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त भोटेकोशी क्षेत्रमा आएको बाढीले जनजीवन, भौतिक संरचना तथा स्थानीय अर्थतन्त्रमा पुर्याएको क्षतिप्रति निजी क्षेत्रले समेत जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महसुस गर्दै सहयोगको निर्णय गरिएको हो । ‘
यस्तो कठिन परिस्थितिमा सरकारको राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने विश्वासका साथ हामीले सहयोग गर्ने निर्णय गरेका हौं,’ अग्रहरीले सहयोगले प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास लिएका छौं ।’विपद्को यस घडीमा सरकार, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्यबाट प्रभावित क्षेत्रको पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास राखेको छ ।
कार्यक्रममा उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहयोग गरिएको जनाइएको छ। कार्यक्रममा सहभागीहरूले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताएका थिए।




