२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिका मानवज्ञानद्वारा बाढी प्रभावितलाई साढे १८ लाख

कालिका मानवज्ञानद्वारा बाढी प्रभावितलाई साढे १८ लाख

कालिका मानवज्ञानद्वारा बाढी प्रभावितलाई साढे १८ लाख

कालिका मानवज्ञानद्वारा बाढी प्रभावितलाई साढे १८ लाख

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • बुटवल । रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ । विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।


    विद्यार्थीहरूको अभियानबाट ९६४०० र क्यु आर अभियान बाट १००१ गरि कुल १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ प्रधानाध्यापक दैवी प्रकोप कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले जानकारी दिए ।


    गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय तथा भयावह बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले विपदमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग संकलन अभियान सञ्चालन गरेको बिध्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवाली ले जानकारी दिए ।


    विद्यालयले सार्वजनिक गरेको शोक तथा समवेदना सन्देशमा प्राकृतिक विपदमा परी ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । साथै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका नागरिकको खोजतलास तथा उद्धार कार्य निरन्तर जारी रहोस् भन्ने कामना गरिएको छ ।


    विद्यालय परिवारले विपद्का बेला पीडित नागरिकलाई राज्य तथा विभिन्न संघसंस्थाको सहयोगसँगै समुदायस्तरबाट हुने मानवीय सहयोगले समेत ठूलो महत्व राख्ने भएकाले विद्यालयले शिक्षक, कर्मचारी र विद्यार्थीलाई अभियानमा सहभागी गराएको हो ।
    विद्यार्थीहरूले समेत आफ्नो खाजा खर्चबाट कटौती गरी स्वेच्छिक रूपमा रकम जम्मा गरेका थिए । विद्यार्थीहरूले नगद तथा क्यूआरमार्फत् समेत सहयोग गरेका थिए ।


    यसरी शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त प्रयासबाट संकलित रकम राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका का.वा अध्यक्ष तेजेन्द्र खनालले बताए ।


    विद्यालयले राहत, उद्धार तथा पुनःनिर्माणका लागि आफूहरूले गरेको आर्थिक सहयोगको विवरणसमेत सार्वजनिक गरेको छ ।
    सहयोग रकम पारदर्शी रूपमा सम्बन्धित कोषमा जम्मा गरिएको जानकारी सबैलाई गराउँदै विद्यालयले सामाजिक उत्तरदायित्वका यस्ता कार्यमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।


    बाढीपहिरोजस्ता प्राकृतिक विपदका कारण देशका विभिन्न क्षेत्रमा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको अवस्थामा विद्यालयले गरेको १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँको सहयोग राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण योगदानका रूपमा लिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij