२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डेंगुविरुद्धको अभियान खोई ?

डेंगुविरुद्धको अभियान खोई ?

डेंगुविरुद्धको अभियान खोई ?

डेंगुविरुद्धको अभियान खोई ?

डेंगुविरुद्धको अभियान खोई ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • वर्षापछिको समय डेंगु संक्रमण हुने धेरै संभावना हुन्छ । विभिन्न ठाउँमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेएडिस एजेप्टाई र एडिस एल्बोपेक्टसले फूल पार्ने हुँदा त्यसबाट लामखुट्टेको संख्या वृद्धि हुन्छ । लामखुट्टेको वृद्धि रोक्न वर्षापछि खोज र नष्ट गर अभियान चलाउनु नै डेंगु संक्रमणलाई फैलिन नदिनु हो ।


    जलवायु परिवर्तनका कारण नेपालको सबै भूभागमा लामखुट्टेका लागि अनुकुल हुँदै गएको छ । तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा अनुकुलन बनाउँदै लगेको छ । भदौ तेस्रो सातासम्म लुम्बिनी प्रदेशमै डेंगी संक्रमणको तथ्यांकमा पाल्पामा सबैभन्दा धेरै देखिएको छ । प्रदेशका १२ जिल्लामध्ये गत पुषयता पाल्पामा २ सय ९९ जनामा डेंगी संक्रमण देखिएको छ । पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएको ले अब वर्षा र गर्मी याममा मात्रै डेंगु संक्रमण हुन्छ भन्ने छैन । विज्ञहरूका अनुसार, १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्छ । डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ । विज्ञहरुले मनसुन सुरु हुनासाथै खोज तथा नष्ट अभियान व्यापक बनाउन सुझाव दिएको भए पनि वास्ता गरिएको छैन् ।  लार्भा अवस्थामै नियन्त्रण गर्न ध्यान दिने हो भने संक्रमण दर नियन्त्रण गर्न सकिने भएपनि तहगत सरकारको ध्यान नजानु गलत छ । खोज र नष्ट अभियान स्थानीय तहले गर्न सक्छन् । स्थानीय तहले टोल समिति परिचालन गरी खोज र नष्ट गर अभियान चलाउन सक्छन् । डेंगु फैलिए पनि यस्तो अभियान चलाउनु भन्दा महामारीको रुपमा फैलिनु अघि नै खोज र नष्ट गर अभियान चलाउने हो भने समुदायलाई संक्रमणबाट जोगाउन संभव छ । थोरै सरकारी लगानीमा धेरै प्रभावकारी काम गर्न सकिन्छ । 


    एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २०००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखिएको थियो । २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो ।  सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको तथ्याङ्क छ । सन् २०२३ मा २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झण्डै ३५ हजारभन्दा बढी संक्रमित भए ।


    विगतको यो तथ्याङ्क हेरेर समुदाय परिचालन गरी डेंगुविरुद्धको पूर्व तयारी संक्रमण फैलिनु अघि नै गर्न सकिन्छ । संघीय र प्रदेश सरकारको मुख नताकी स्थानीय  तहले योजना बनाएर काम गर्दा स्थानीय सरकार सक्रिय भएको सकारात्मक सन्देश प्रवाह हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij