२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जलवायु न्यायको बहस

जलवायु न्यायको बहस

जलवायु न्यायको बहस

जलवायु न्यायको बहस

जलवायु न्यायको बहस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर १८ देखि २८, २०२६ सम्म न्युयोर्कमा हुँदैछ । यो महासभा नेपालका लागि यसकारण महत्वपूर्ण छ कि सेप्टेम्बर २३ मा जलवायु कार्य र न्यायपूर्ण सङ्क्रमणसम्बन्धी उच्चस्तरीय बैठकसमेत तय गरिएको छ । भोटेकोसी बाढीबाट अकल्पनीय विनाश व्यहोरेको नेपालका लागि विषयवस्तु उठाउने राम्रो अवसर हो ।
    अहिले जलवायु न्यायको बहस चर्केको छ । यो बहसलाई सही दिशामा अघि बढाएर सिंगो विश्वलाई नेपालको पक्षमा उभ्याउने अवसरबाट नेपाल चुक्नुहुन्न । जलवायु परिवर्तनकै कारण हिमाली क्षेत्रले विनाश व्यहोर्दैछ । यो विनाशबाट नेपालले प्रत्यक्ष असर व्यहोर्दैछ । जलवायु जोखिमको दृष्टिले नेपाल विश्वकै चौथो अति संवेदनशील मुलुक हो । तर विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको भूमिका ०.१ प्रतिशतभन्दा पनि कम छ । यस अर्थमा क्षतिपूर्ति र जलवायु न्यायका लागि नेपालसँग विश्वकै सबैभन्दा बलियो आधार छ ।


    जलवायु परिवर्तनको कारण र परिणामको विषय अब नेपालको मात्रै मुद्दा रहेन् । अरु कसैले गरेको गल्तीका कारण हामीले प्रत्यक्ष समस्या भोग्दैछौं । तर अप्रत्यक्ष असर विश्वले व्यहोर्ने छ ।  पहिले यो महासभामा प्रधानमन्त्री नजाने तय भएको थियो । रसुवा बाढीबाट प्रधानमन्त्री महासभामा भाग लिन जाँदै छन् । जलवायु न्यायको मुद्दा विश्वका राष्ट्र प्रमुखहरु सामु जोडदार रुपमा राख्ने अवसरलाई प्रधानमन्त्री तयारीका साथ जानु पर्छ । यो केवल भाषण गर्ने र कुटनीतिक शिष्टाचार पूरा गर्ने माध्यम होइन्, नेपालको समस्या विश्वलाई जोडदार सुनाउनका लागि नेतृत्वका लागि राम्रो अवसर हो । जलवायु परिवर्तनले पारेको असरबारे पहिले महासभामा जाने प्रधानमन्त्रीले उठाएकै हुन्, तर अहिले जुन घटना भयो, हामीले क्षति व्यहो¥यौं, त्यो क्षति सुनाउने र सुन्ने राम्रो माध्यम हो ।


    नेपालले आफ्नो राष्ट्रिय जलवायु कार्ययोजना २०३५ मार्फत् सन् २०५० सम्मका जलवायु रणनीति कार्यान्वयनका लागि ५० अर्ब अमेरिकी डलरको बजेट माग गरेको छ । तर, प्रशासनिक ढिलासुस्ती, पूर्वाधार र आयोजना तयारीको अभावका कारण ग्रीन क्लाइमेट फन्डजस्ता निकायबाट उपलब्ध स्वीकृत रकमसमेत नेपालले समयमै खर्च गर्न सकिरहेको छैन । अन्तर्राष्ट्रिय सहयोग पर्याप्त आउनु पर्छ नै, आएको रकम खर्च गर्न नसक्ने समस्याबाट मुक्त हुनुपर्छ । प्रधानमन्त्री बालेन्द्र साहले महासभालाई नेपालको पक्षमा माहोल बन्ने गरी उपयोग गर्न सकुन् । नेपालका लागि यो अपूर्व अवसरलाई दर्विलो बनाउन तयारीसहित प्रधानमन्त्रीको भ्रमण हुनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij