२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसीसी प्रिमियर कप : दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल फाइनलमा

एसीसी प्रिमियर कप : दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल फाइनलमा

एसीसी प्रिमियर कप : दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल फाइनलमा

एसीसी प्रिमियर कप : दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल फाइनलमा

एसीसी प्रिमियर कप : दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल फाइनलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा ओमानविरुद्ध ८७ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको उपाधिनजिक पुगेको छ । 

    नेपाल दोस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । यसअघि टोली सन् २०२३ को च्याम्पियन बनेको थियो । 

    बिहीबार मलेसियाको बायोमास ओभलमा सम्पन्न सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै समेटियो । 

    ओमानका जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

    नेपालका दीपेन्द्र र कप्तान सन्दीप लामिछानेले तीन–तीन तथा ललितनारायण राजवंशी र रोहितकुमार पौडेलले दुई–दुई विकेट लिए । 

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको थियो । 

    नेपालका दीपेन्द्रले सर्वाधिक ५१ रनको याेगदान गरे । उनले ७६ बलमा चार चौका प्रहार गरे । बसिर अहमदले ४७, देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए । 

    पाँचौँ विकेटका लागि दीपेन्द्र र बसिरले ९३ रनको साझेदारी गरेका थिए । 

    ओमानका हसनैन शाह र जय ओडेदराले तीन–तीन, मोहम्मद इमरानले दुई तथा मुजिबर अली र सकिल अहमदले एक–एक विकेट लिए ।

    अब नेपालले उपाधिका लागि साबिक विजेता यूएईको सामना गर्नेछ । यूएईले हङकङलाई सात विकेटले पराजित गर्दै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij