२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चन्द्रकाेट गुल्मीको शिविर बुटवलमा

चन्द्रकाेट गुल्मीको शिविर बुटवलमा

चन्द्रकाेट गुल्मीको शिविर बुटवलमा

चन्द्रकाेट गुल्मीको शिविर बुटवलमा

चन्द्रकाेट गुल्मीको शिविर बुटवलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • शिव सुवेदी - बुटवल  । चन्द्रकाेट गाउपालिका गुल्मीले सामाजिक सुरक्षा भत्ता नविकरण शिविर वुटवलमा सञ्चालन गरेको छ ।

    रुपन्देही नवलपरासी,चितवन,कपिलवस्तु,दाङ जिल्लामा अस्थायी रुपमा वसाेवास गरेका चन्द्रकाेटवासिहरुका लागि उक्त शिविर सञ्चालन गरिएको हाे ।

    जेष्ठ नागरिक सामाजिक  सुरक्षा भत्ता,एकल महिला सामाजिक सुरक्षा भत्ता,दलित नागरिक सामाजिक सुरक्षा भत्ता, दलित वालवालिका सामाजिक सुरक्षा भत्ता,अति अशक्त अपांगता भएका क र ख वर्ग र विधवा भएका  महिला लाभग्राहीहरुलाइ लक्षित गरि उक्त शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए ।

    केसिका अनुसार अति आवश्यकता भएर आउने चन्द्रकाेट लगायत छिमेकी गाउँपालिकाहरुका नागरिकलाई पनि सेवा दिन सकिने बताए ।

    गाउँपालिकाले एकहप्ता अगाडिदेखिनै सुचना गरेर शिविर सञ्चालन गरेको हाे । शिविरमा तेह्र अकं सहितको लाभग्राही परिचयपत्र,दुईप्रति पासपोर्ट साईजकाे फाेटाे,वालवालिकाकाे हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी,विधवा महिलाको हकमा पतिकाे मृत्युु दर्ता,विवाह नगरेको हकमा वडाकाे अविवाहित सिफारिस पत्र लगायतका कागजात आवश्यक रहेको चन्द्रकाेट गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तथा प्रवक्ता घनश्याम खरेलले जानकारी दिए ।

    यस्तै अपाङ्गता भएका नागरिकको हकमा गाउँपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्र,नागरिकता प्रमाणपत्रको प्रतिलिपी र सामाजिक सुरक्षा भत्ताको लागि वैकमा खाता रहेकाे चेककाे फाेटाेकपि जस्ता कागजपत्र आवश्यक रहेका छन । शिविरको पहिलाे दिन चितवन,रुपन्देहीका एकसय वढी नागरिकहरुले सेवा लिएको सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा ईकाई प्रमुख प्रकाश पन्थीले जानकारी दिनुभयो ।

    शिविर विहिवार र शुक्रबार गरि दुई दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij