२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीकाे मुसिकोटले बुटवलमा गर्याे सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर

गुल्मीकाे मुसिकोटले बुटवलमा गर्याे सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर

गुल्मीकाे मुसिकोटले बुटवलमा गर्याे सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर

गुल्मीकाे मुसिकोटले बुटवलमा गर्याे सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर

गुल्मीकाे  मुसिकोटले बुटवलमा गर्याे सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • बुटवल । गुल्मिकाे मुसिकोट नगरपालिकाले बुटवलमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको छ । बुटवलकाे वडा नम्बर ५ काे वडा कार्यालय हाटबजारमा शिविर सञ्चालन भइरहेकाे छ । 

    गुल्मीको मुसिकोटले रुपन्देही, नवलपरासी, चितवन, कपिलवस्तु, दाङ लगायतका जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका मुसिकोटवासीका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको हो ।

    जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता, एकल महिला सामाजिक सुरक्षा भत्ता, दलित नागरिक सामाजिक सुरक्षा भत्ता, दलित बालबालिका सामाजिक सुरक्षा भत्ता, अति अशक्त अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्ग तथा विधवा महिला लाभग्राहीलाई लक्षित गरी शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

    नगरपालिकाका अनुसार अत्यावश्यक कामका लागि शिविरमा आउने मुसिकोटका नागरिकसँगै छिमेकी पालिकाका नागरिकलाई समेत आवश्यकताअनुसार सेवा प्रदान गर्न सकिनेछ । नगरपालिकाले शिविर सञ्चालनबारे एक साताअघि नै सूचना सार्वजनिक गरी लाभग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो ।

    शिविरमा तेह्र अंकसहितको लाभग्राही परिचयपत्र, दुई प्रति पासपोर्ट साइजको फोटो, बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्र तथा विवाह नगरेको हकमा सम्बन्धित वडाको अविवाहित सिफारिस पत्रलगायतका कागजात आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।

    त्यस्तै, अपाङ्गता भएका नागरिकको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा खाता रहेको प्रमाण/चेकको फोटोकपी आवश्यक पर्नेछ ।

    शिविरमा पहिलो दिन नै विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका मुसिकोटवासीले सेवा लिएकानगरपालिकाले जनाएको छ । शिविर भाेलिपनि सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij