२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नगरपालिकामा विद्युतीकरण नभएको भन्दै आन्दोलन

नगरपालिकामा विद्युतीकरण नभएको भन्दै आन्दोलन

नगरपालिकामा विद्युतीकरण नभएको भन्दै आन्दोलन

नगरपालिकामा विद्युतीकरण नभएको भन्दै आन्दोलन

नगरपालिकामा विद्युतीकरण नभएको भन्दै आन्दोलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • नवीन लोचनमगर
    रोल्पा
    रोल्पा नगरपालिकाका ग्रामीण भेगमा विद्युतीकरणको काम अघि नबढेपछि ती गाउँवासी आन्दोलित भएका छन् । बिहीबार नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रमा पुगेर उनीहरुले विभिन्न मागहरु पेश गर्दै माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


    नगरपालिकाको ५, ७, ८, ९ र १० नम्बर वडाका स्थानीयवासीले बिहीबार नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्र लिबाङस्थित कार्यालयमा पुगेर कडा चेतावनीसहित मागपत्र पेश गरेका छन् । विद्युत् विस्तारका लागि भन्दै गठित संघर्ष समितिले पटकपटक उपभोक्ता, जनप्रतिनिधिले ताकेता गर्दा पनि विभिन्न बहानामा आलटाल गरेको भन्दै तत्काल काम अगाडि बढाउन माग गरेको छ ।


    ‘हामीले धेरैपटक विद्युत प्राधिकरणमा गएर काम अगाडि बढाउन भन्यौं, ठेकेदारलाई पनि भन्यौं,’ संघर्ष समितिका संयोजक फविन्द्र आचार्यले भने–‘जनप्रतिनिधि र जनताले गएर भन्दा पूर्णतः बेवास्ता गरिएपछि आन्दोलन गरेका हौं, माग पूरा नभए थप सशक्त आन्दोलन गर्छौं ।’ उनले आन्दोलनको पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र रोल्पा नगरपालिकालाई बोधार्थ राखेर नेपाल विद्युत् प्राधिकरणमा ज्ञापनपत्र पेश गरेको जानकारी दिए ।


    सडक, सञ्चार र विद्युतीकरणबाट समेत वर्षाभर वञ्चित रहने रोल्पा नगरपालिका–१०, स्याकैका स्थानीय माला रोकामगरले विद्युत् नहुँदा दैनिक कामकाजमा निकै समस्या भइरहेको बताइन् । ‘विद्युत् नभएपछि मोबाइल चार्ज पनि हुँदैन, गाउँमा केही दुर्घटना वा समस्या भयो भने पनि अँध्यारोमा गाह्रो हुन्छ,’ उनले भनिन्–‘विद्युत् कार्यालयले बेवास्ता गरेकाले हामी आन्दोलन गर्न आएका हौं ।’ रोल्पा नगरपालिकाको वडा नं. १० मा मात्रै करिब २५० घरपरिवार अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । ‘बाटोमा विजुलीको पोल फालेर कता गए भनेर खोज्न आएको ।’– सोही वडाको फाल्जा निवासी बालकुमारी बुढाले भनिन् ।
    राजनीतिक नेतृत्वले चुनावको बेला मात्र जनताको समस्या सम्झिने र जितेर गएपछि पूर्णतः बेवास्ता गरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे । ‘चुनावको बेला सबैले मीठो कुरा गर्दै आउँछन्, समस्या के छ हामी पूरा गर्दिन्छौं भन्न आउँछन्,’ धाङ्सीका पुरे बुढाले भने– ‘चुनाव जितेपछि फर्किन्नन्, अहिले आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’


    विगत दशौंवर्षदेखि विद्युत् सेवा उपलब्ध गराउने भनेर बारम्बार विभिन्न बहानामा जनतालाई ढाँट्दै आएको स्थानीयको गुनासो छ । नागरिकले पाउनुपर्ने आधारभूत अधिकारबाट पनि वञ्चित गरिएको भन्दै ठेक्का लागिसकेको ठाउँमा तत्काल काम अगाडि बढाउन र ठेक्का नलागेका ठाउँमा तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन कार्यालयले पहल गर्नुपर्ने उनीहरुले माग गरेका छन् । विद्युत् प्राधिकरणको कामप्रति जनप्रतिनिधि पनि सन्तुष्ट छैनन् । नगरपालिकाको विद्युतीकरण नभएका पाँचवटै वडाध्यक्षहरु पनि आन्दोलनमा सहभागी छन् । ‘हामीले धेरैपटक प्राधिकरण र ठेकेदार कम्पनीलाई भन्दै आएका छौं,’ वडा नं. ७ का अध्यक्ष लालबहादुर घर्तीले भने–‘सधैँ आलटाल गरेर हुँदैन, समस्या कसको हो जनतालाई स्पष्ट भनिदिनुपर्छ ।’
    यता नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले भने रोल्पा जिल्लाका ८ वटा गाउँपालिकामा दुईवटा ठेक्का चलिरहेको र रोल्पा नगरपालिका छुट्न गएको बताएको छ । तर जिल्लाभर विद्युतीकरण गर्ने भनिएकाले नगरपालिका पनि समेटिने कार्यालयले आश्वासन दिएको छ । 


    स्थानीयवासीको मागप्रति आफूहरु गम्भीर रहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका सहायक प्रबन्धक ईश्वरबहादुर विष्टले मागलाई सम्बन्धित निकायमा पठाउने र कार्यालयको तर्फबाट पनि अझै दबाब दिने बताए । पूर्ण विद्युतीकरणको नारालाई गिज्याउने गरी भएको यो आन्दोलनको मागलाई नेपाल विद्युत् प्राधिकरण, राजनीतिक नेतृत्व र सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने देखिन्छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij