२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतबाट अवैध मोबाइल पार्ट्स पिकअप गाडी नियन्त्रणमा

भारतबाट अवैध मोबाइल पार्ट्स पिकअप गाडी नियन्त्रणमा

भारतबाट अवैध मोबाइल पार्ट्स पिकअप गाडी नियन्त्रणमा

भारतबाट अवैध मोबाइल पार्ट्स पिकअप गाडी नियन्त्रणमा

भारतबाट अवैध मोबाइल पार्ट्स पिकअप गाडी नियन्त्रणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  •  

    परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रहरीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्ससहित पिकअप गाडी नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार शुक्रबार बिहान करिब ४ः३५ बजे सरावल गाउँपालिका–७ स्थित भन्सार टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३ च २१३९ नम्बरको पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी निरीक्षकसहितको टोली र सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुजहवाबाट खटिएको संयुक्त टोलीले शंका लागेर गाडी जाँच गर्ने क्रममा भन्सार छली ल्याइएका मोबाइल पार्ट्स तथा अन्य सामान फेला पारेको जिल्ला  प्रहारी कार्यालय नवलपरासीका डिएसपी मदन थापाले जानकारी दिए ।

    प्रहरीका अनुसार गाडीमा सेतो र कालो रंगका एयरपड्स, टेम्पर ग्लास, मोबाइल कभर तथा प्लास्टिकका सामान भेटिएका छन्। बरामद सामानसँगै पिकअप गाडीलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि भन्सार कार्यालय महेशपुर बुझाउने प्रक्रिया अघि बढाइएको छ।

    प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बरामद सामानमा एयरपड्स (सेतो) १,७७५ पिस, एयरपड्स (कालो) ४३२ पिस, टेम्पर ग्लास (कालो) ३,८०० पिस, टेम्पर ग्लास (सेतो) ४,५०० पिस र मोबाइल कभर ९३० पिस रहेका छन्। साथै एक बोरा प्लास्टिक र पिकअप गाडीसमेत नियन्त्रणमा लिइएको छ।

    प्रहरीले बरामद सामान तथा गाडीको कुल अनुमानित मूल्य करिब १ करोड १४ लाख रुपैयाँ रहेको जनाएको छ। भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij