२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्याब्सन लुम्बिनीको संयोजनमा पाठयक्रम परिमार्जका लागि सुझाव संकलन

प्याब्सन लुम्बिनीको संयोजनमा पाठयक्रम परिमार्जका लागि सुझाव संकलन

प्याब्सन लुम्बिनीको संयोजनमा पाठयक्रम परिमार्जका लागि सुझाव संकलन

प्याब्सन लुम्बिनीको संयोजनमा पाठयक्रम परिमार्जका लागि सुझाव संकलन

प्याब्सन लुम्बिनीको संयोजनमा पाठयक्रम परिमार्जका लागि सुझाव संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३

  • बुटवल । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत पाठयक्रम विकास केन्द्रको देशैभरीबाट पाठयव्रmम परिमार्जका लागी सुझाव तथा पृष्ठपोषण संकलन गर्ने अभियान अन्तर्गत रुपन्देहीमा पनि  सुझाब संकलन कार्यशाला सम्पन्न भएको छ । 


    कार्यशालामा शिक्षक, विद्यार्थी, अभिभावकहरुबाट मौखिक र लिखित दुबै रुपमा पर्याप्त सुझावहरु आएका थिए । 


     पाठयक्रममा परिमार्जन गर्नुपर्ने समग्र एव बिषयगत विषयहरुलाई समेटेर तयार पारिएको सुझावपत्र लुम्बिनी प्रदेश प्याब्सनको कार्यवाहक अध्यक्ष धनराज चापागाईले पाठयक्रम विकास केन्द्रको टिमलाई हस्तान्तरण गर्नुभएको थियो ।

    उक्त कार्यशालामा प्याब्सन केन्द्रीय सहअध्यक्ष गोपाल आचार्यले पाठयक्रममा सैद्धान्तिक भन्दा भूगोल  र माटो  सुहाउँदो व्यावहारिक ज्ञानमा जोड दिनुपर्ने सुझाव व्यक्त गर्नुभएको छ ।

    प्याब्सन केन्द्रीय उपाध्यक्ष एव लुम्बिनी प्रदेश इन्चार्ज टिकाराम न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका अध्यक्ष बिष्णु पन्थी, शिक्षा विद लोकनाथ उपाध्याय र डा. दामोदर भूषाल, अभिभावक संघ लूम्बिनी प्रदेश अध्यक्ष हेम थापा, अभिभावक संघ जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले पाठयक्रम परिमार्जनका विषयमा महत्वपूर्ण सुझावहरु पेश गर्नुभएको थियो ।

    कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्य, प्रदेश सल्लाहकार शिव गैरे, केन्द्रीय सदस्यहरु सुन्दर पाण्डे र गुरुदत्त पौडेल, रुपन्देही जिल्ला प्याब्सन अध्यक्ष दिपक खनाल, कपिलवस्तु  प्याब्सन अध्यक्ष धिरेन्द्र विक्रम सिह, प्याब्सन प्रदेश कमिटि कोषाध्यक्ष महेश भूर्तेल , प्रदेश प्याब्सन सदस्यहरु मणिरत्न भण्डारी र डि.बि थापा लगायत प्याब्सनका विभिन्न जिल्लाका पदाधिकारी, सदस्यहरु सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकहरु शिक्षक , बिद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थिति रहेको प्याब्सन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष धनराज चापागाईले बताउनु भएको छ ।

    कार्यक्रम प्याब्सन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष धनराज चापागाईको अध्यक्षता एवं प्याब्सन केन्द्रीय कार्यसमितिका सह अध्यक्ष गोपाल आचार्यको प्रमुख आतित्थ्यता र पाठयव्रmम विकास केन्द्रका निर्देशक गणेश पौडेलको सहजिकरण, प्याब्सन लुम्बिनी प्रदेश सचिव कृष्ण प्रसाद शर्माको  संचालनमा सम्पन्न भएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij