२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्याङ्जामा ४६० उद्योग खारेज हुँदा ४३५ दर्ता

स्याङ्जामा ४६० उद्योग खारेज हुँदा ४३५ दर्ता

स्याङ्जामा ४६० उद्योग खारेज हुँदा ४३५ दर्ता

स्याङ्जामा ४६० उद्योग खारेज हुँदा ४३५ दर्ता

स्याङ्जामा ४६० उद्योग खारेज हुँदा ४३५ दर्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • स्याङ्जा ।स्याङ्जामा आर्थिक वर्ष २०८०÷०८१ मा ४ सय ६० घरेलु उद्योग खारेज हुँदा ४ सय ३५ उद्योग दर्ता भएका छन् । २२६ उद्योग र २३४ वाणिज्य गरी ४६० उद्योग खारेज भएका हुन् भने २५० उद्योग र १८४ वाणिज्य गरी ४ सय ३५ उद्योग दर्ता भएका हुन् । 

    नयाँ दर्ता हुनेमा उत्पादनमुलक उद्योगमा २०, कृषि तथा वन पैदावरमा एक सय २४, सेवा मुलक उद्योगमा ६६, पर्यटनमा २७ र निर्माणमा १३ गरी ४३५ उद्योग रहेका छन् । खारेज हुने उद्योगमा बढि मात्रामा कृषिजन्य उत्पादनमुलक उद्योगहरु रहेको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ ।

    “गएको वर्ष नयाँ दर्ता हुने उद्योगको तुलनामा खारेज हुने संख्यामा बृद्धि भएको छ ।” पर्यटन तथा घरेलु उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद ढकालले भने, “देशमा बढ्दै गएको आर्थिक शिथिलतासँगै खारेज हुने उद्योगको संख्यामा बृद्धि भएको छ ।”अनुदान लिन र बिदेश जाने प्रयोजनाका लागि दर्ता भएका उद्योगहरु धमाधम खारेज भएको उनले बताए । 

    उद्योग तर्फ २ सय ५० नयाँ उद्योग दर्ता हुँदा झण्डै १२ सयले रोजगारी पाउने अवस्था सृजना हुन्छ भने वाणिजय तर्फ एक सय ८५ उद्योग दर्ता हुँदा ३ सय ५० जनाले रोजगारी पाउने कार्यालयको अनुमान छ । 

    त्यसैगरी खारेज भएका २२६ उद्योगबाट करिब एक हजारले रोजगारी गुमाउँदा वाणिजय तर्फ खारेज भएका २३४ उद्योगबाट झण्डै ४ सय ५० जनाले रोजगारी गुमाउँन बाध्य भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा वाणिज्य तर्फ ७ हजार ५ सय र उद्योग तर्फ ८ हजार ६ सय उद्योगमा झण्डै ४८ हजार महिला तथा पुरषले रोजगार गर्दै आएका छन् ।

    नयाँ उद्योग दर्ताको तुलनामा खारेज हुनेको संख्यामा बृद्धि हुँदै जाँदा त्यसको प्रत्यक्ष असर राजश्व असुलीमा देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ३५ लाख ५० हजार राजश्व असुली गरेको कार्यालयले अघिल्लो वर्ष ५३ लाख र आर्थिक वर्ष २०७८÷०७९ मा ७३ लाख राजश्व असुली गरेको थियो ।

    “खास गरी स्थानीय तहले उपलब्ध गराउने अनुदान पाउँन अनिवार्य दर्ता भएका उद्योगहरुले खारेजीको निबेदन दिने गरेका छन् ।” कार्यालयका योजना शाखा प्रमुख कृष्ण लम्सालले भने, “अनुदान लिन दर्ता भएका उद्योगले अनुदान लिएपछि खारेजीको निबेदन दिए ।” उनले थपे, “खारेज भएका केहि उद्योग मध्ये बिदेश जानका लागि देखावटी दर्ता भएका उद्योग रहेका छन् ।”

    अघिल्लो वर्ष उद्योग तर्फ ५२६ र वाणिज्य तर्फ २८० गरी ८०६ उद्योग दर्ता भएकोमा २ सय ६५ उद्योग खारेजीमा परेका थिए । राजश्वमा ५० प्रतिशत छुट हुने भएपछि नयाँ दर्ता भएका अधिकांश उद्योग महिलाको नाउँमा दर्ता भएको कार्यालले जनाएको छ ।    

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij