२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भलवारी डिपो आउँदै गरेका ट्याङ्करबाट तेल चोरी, एक जना पक्राउ

भलवारी डिपो आउँदै गरेका ट्याङ्करबाट तेल चोरी, एक जना पक्राउ

भलवारी डिपो आउँदै गरेका ट्याङ्करबाट तेल चोरी, एक जना पक्राउ

भलवारी डिपो आउँदै गरेका ट्याङ्करबाट तेल चोरी, एक जना पक्राउ

भलवारी डिपो आउँदै गरेका ट्याङ्करबाट तेल चोरी, एक जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • बुटवल । नेपाल आयल निगम भलवारी डिपो, रूपन्देही आउँदै गरेका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक जना नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङकरसहित सहचालकलाई नियन्त्रणमा लिएको हो । 

    जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) आशिष विश्वकर्माका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर सराफ आयल सेन्टरमा पुगेका थिए । प्रहरीले छापा मार्दा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको पाइएको थियो । 

    दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको पाइएको प्रहरीले जनाएको छ । ‘प्रदेश प्रहरी र जिल्लाको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो,’ विश्वकर्माले भने, ‘केही लिटर तेल झिकिसकेको पाइएको छ ।’ ​भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट यसअघि पनि तेल चोरीका घटना हुने गरेको थियो ।

    भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालकबीचको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुने दाबी गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij