२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आइसीयुमा अन्तर्वार्ता

आइसीयुमा अन्तर्वार्ता

आइसीयुमा अन्तर्वार्ता

आइसीयुमा अन्तर्वार्ता

आइसीयुमा अन्तर्वार्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • भोटेकोसी बाढीमा परि १० दिनपछि उद्धार भएका दुई जनासँग वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन उपचार कक्षमा अन्तर्वार्ता गरेको विषय पत्रकारिता र चिकित्सा दुवै क्षेत्रमा संवेदनशील विषय हो । वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्षलाई अन्तर्वार्ताका लागि पत्रकारलाई खुला गरेर जसरी अस्पताल प्रशासनले गल्ती गरेको छ, सञ्चारकर्मी  सुरजसिंह ठकुरीले पनि गल्ती गरेका छन् ।


     अस्पतालको सघन उपचार कक्षमा निश्चित समयमा परिवारको व्यक्ति बाहेकलाई प्रवेश पाउन कठिन हुन्छ । बिरामीको उपचारमा कुनै कठिनाई नहोस् भनेर बिरामी र आफन्तबिचको सम्बन्ध टुटाइन्छ । चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गरी छिटो निको बनाउन सघन उपचार कक्षमा भेटघाटलाई नियन्त्रण गरिएको हुन्छ । त्यसो त जटिल खालका बिरामी उपचार गर्ने कक्ष भएकाले सघन उपचार कक्षलाई सामान्य रुपमा लिन हुन्न । भोटेकोसी बाढीमा परेर १५ सयको ज्यान गयो ।

    बेपत्ता हुनेको सूची ५ हजार हाराहारी छ । विद्युत आयोजना, निजी सम्पत्ति, विद्यालय भवनलगायत सार्वजनिक सम्पत्तिकोे क्षतिको लेखाजोखा हुँदैछ । त्रिशुली ३ ए जलविद्युत् आयोजनामा कार्यरत दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरी सैनिक अस्पतालमा उपचार गरिएको थियो । बेपत्ताको संख्या धेरै भए पनि लामो समयपछि दुई जनाको जीवितै उद्धार हुनु खुशीको विषय हो । उद्धारमा नेपाली सेना, प्रहरीलगायत सुरक्षा निकाय र अरु विभिन्न निकायको सक्रियता प्रशंनीय छ । त्यही सक्रियताको प्रचारका लागि अस्पतालको सघन उपचार कक्ष प्रयोग हुनु पत्रकार आचारसंहिता विपरीतको काम हो, यो विषय मेडिकल काउन्सीलको आचारसंहिताले पनि नैतिकता बाहिरको विषय ठान्छ । प्रेस काउन्सील नेपालले यो विषयका बारेमा सञ्चारकर्मी ठकुरी, अस्पताल लाई पत्र काटेर स्पष्टिकरण सोध्नु आइसीयुको संवेदनशिलता सम्झाएको मात्रै नभई पत्रकारिता पेशामा जे चाह्यो त्यही गर्न पाइने र पत्रकार जहा पनि जान पाउने हुँदैहोइन् । प्रेस स्वतन्त्रता हुन्छ, पत्रकारलाई निवार्ध समाचार संकलनलगायतका काम गर्न कुनै अवरोध हुनुहुन्न । तर आइसीयुमा पुगेर अन्तर्वार्ता लिने काम रोक्दा प्रेस स्वतन्त्रता हनन हुन्न ।


    सघन उपचार कक्षमा अन्तर्वार्ता लिने कामले पत्रकारले जहाँ पायो त्यही जान पाउनुपर्छ भन्ने भाष्य स्थापित हुनसक्छ । प्रेस स्वतन्त्रता निर्वाध उपभोग गर्न पत्रकारले पाउनुपर्छ, तर त्यसका सीमा हुन्छन् । सञ्चारकर्मी ठकुरीले आचारसंहिताको उल्लंघन गरेर पत्रकारिताको मर्यादा नाघेका छन् । सैनिक अस्पतालले पनि सघन उपचार कक्षमा अन्तर्वार्ता दिन अनुमति लिएर गल्ती ग¥यो । अब दुवै पक्षले कमजोरी स्वीकार गरी क्षमा माग्नुपर्छ । कमजोरी स्वीकार गर्नु भनेको आगामी दिनमा त्यस्ता काम नगर्नु हो । यो प्रकरणमा प्रेस काउन्सील नेपालले देखाएको सक्रियताले आचारसंहिताको पालनामा काउन्सील गम्भीर छ भन्ने सन्देश दिएको छ । तसर्थ यो प्रकरणलाई सामान्य रुपमा नलिई पत्रकारितालाई मर्यादामा राख्ने अवसर हो । मेडिकल संस्थाहरु पनि आचारसंहितालाई हेक्का गर्नुपर्छ भन्ने सन्देश यसले दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij