२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ज्ञानज्योति पुस्तकालयले असोज ११ मा नाटक प्रतियोगिता गर्दै

ज्ञानज्योति पुस्तकालयले असोज ११ मा नाटक प्रतियोगिता गर्दै

ज्ञानज्योति पुस्तकालयले असोज ११ मा नाटक प्रतियोगिता गर्दै

ज्ञानज्योति पुस्तकालयले असोज ११ मा नाटक प्रतियोगिता गर्दै

ज्ञानज्योति पुस्तकालयले  असोज ११ मा नाटक प्रतियोगिता गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • बुटवल । देशको विषम परिस्थितिका कारण बुटवलमा स्थगित गरिएको माध्यमिक विद्यालयस्तरीय नाटक प्रतियोगिता असोज ११ गते हुने भएको छ।

    बुटवल–८, सुख्खानगरस्थित  ज्ञानज्योति पुस्तकालयले १९औँ राष्ट्रिय पुस्तकालय दिवस तथा गणेश पाण्डे बासु स्मृति दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

    प्रतियोगिता तिलोत्तमास्थित सिद्धार्थ इङ्ग्लिस बोर्डिङ स्कुलको कार्यक्रम हलमा हुनेछ। यसअघि प्रतियोगिता भदौ १३ गते आयोजना गर्ने तयारी गरिएको थियो। तर भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि शोकस्वरुप कार्यक्रम  स्थगित गरिएको थियो।

    प्रतियोगितामा रूपन्देही जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्।

    प्रतियोगिताका लागि पुस्तकालयले विद्यालय तथा विभिन्न संघसंस्थालाई पत्राचार गरिसकेको जनाएको छ। पुस्तकालयका व्यवस्थापक प्रकाश सुवेदीले प्रतियोगिताको तयारी अघि बढाइएको जानकारी दिए।

    ज्ञानज्योति पुस्तकालयले हरेक वर्ष विभिन्न साहित्यिक तथा सिर्जनात्मक कार्यक्रम गर्दै आएको छ। भानुजयन्तीको अवसरमा माध्यमिक विद्यालयस्तरीय रामायण वाचन प्रतियोगिता आयोजना गरिँदै आएको छ।

    त्यस्तै, पुस्तकालय दिवसका अवसरमा आधारभूत तहस्तरीय गाउँ खाने कथा प्रतियोगिता पनि हुँदै आएको छ। केही वर्ष नाटक प्रतियोगिता समेत आयोजना गरिएको पुस्तकालयले जनाएको छ।

    २०४३ सालमा स्थापना भएको ज्ञानज्योति पुस्तकालयले विभिन्न आरोह–अवरोहका बीच आफ्नो सामाजिक यात्रा अघि बढाउँदै आएको अध्यक्ष टुकबहादुर क्षेत्रीले बताए।

    बुटवलको केन्द्रमा रहेको पुस्तकालय नितान्त सामुदायिक तथा सार्वजनिक प्रकृतिको छ। यहाँ पाठकले सहज रूपमा प्रवेश गरी तोकिएको समयसम्म बसेर स्वअध्ययन गर्न पाउने व्यवस्था छ।

    पाठकको माग र समयअनुकूल प्रविधिको आवश्यकतालाई ध्यानमा राख्दै पुस्तकालयले २०७४ सालदेखि ई–लाइब्रेरीसमेत सञ्चालन गर्दै आएको छ। पुस्तकालयले अध्ययन संस्कृतिको विकाससँगै विद्यार्थी तथा युवालाई साहित्य र सिर्जनात्मक गतिविधिमा जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij