२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भन्सार छली ल्याइएको ४० लाख बढीको मदिरासहित कार र दुई जना नियन्त्रणमा

भन्सार छली ल्याइएको ४० लाख बढीको मदिरासहित कार र दुई जना नियन्त्रणमा

भन्सार छली ल्याइएको ४० लाख बढीको मदिरासहित कार र दुई जना नियन्त्रणमा

भन्सार छली ल्याइएको ४० लाख बढीको मदिरासहित कार र दुई जना नियन्त्रणमा

भन्सार छली ल्याइएको ४० लाख बढीको मदिरासहित कार र दुई जना नियन्त्रणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मदिरासहित कार र दुई जनालाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आइतबार बिहान करिब ८ः२० बजे पाल्हीनन्दन गाउँपालिका–२, महेशपुरस्थित क्षेत्रमा भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको यूपी ३२ यूटी ५६८९ नम्बरको कार चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

    भारतबाट ल्याइएको कारमा ओल्ड मंक रम २१४ पिस फेला परेको प्रहरी कार्यालय नवलपरासीका डिएसपी  मदन थापाले बताए  । उनको अनुसार बरामद मदिराको अनुमानित मूल्य रु। ५ लाख ४८ हजार रहेको र कारको अनुमानित मूल्य रु। ३५ लाख रहेको जानकारी दिए ।

    प्रहरीका अनुसार मदिरा र कारसहित नियन्त्रणमा लिइएका दुई जना व्यक्तिलाई इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिएको हो।

    बरामद सामान तथा कारसहित नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रयोजनार्थ इलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रहरीले बरामद गरेको मदिरा र कारको कुल अनुमानित मूल्य रु ४० लाख ४८ हजार रहेको जनाएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी तथा चेकजाँचलाई निरन्तरता दिँदै आएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij