२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा ४-५ दिन पर्न सक्ने, वर्षाबारे यसो भन्छन् मौसमविद्

बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा ४-५ दिन पर्न सक्ने, वर्षाबारे यसो भन्छन् मौसमविद्

बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा ४-५ दिन पर्न सक्ने, वर्षाबारे यसो भन्छन् मौसमविद्

बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा ४-५ दिन पर्न सक्ने, वर्षाबारे यसो भन्छन् मौसमविद्

बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा ४-५ दिन पर्न सक्ने, वर्षाबारे यसो भन्छन् मौसमविद्
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • बुटवल । बंगालको खाडीमा बन्ने चक्रवात र त्यसबाट विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

    जल तथा मौसम विभागका मौसमविद् रोजन लामिछाने अनुसार बंगालको खाडीमा अहिले न्यूनचापीय प्रणालीहरू विकास हुने पूर्वानुमान रहे पनि साइक्लाेनको निश्चित स्वरूप बनिसकेको अवस्था छैन ।

    ब‌ंगालकाे खाडीमा साइक्लाेन बनेर जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर–पश्चिमतर्फ सर्दा त्यसको परिधीय प्रभाव नेपालमा पर्न सक्ने उनले बताए । सिस्टम बनिनसकेकोले अहिले नै भन्न सकिने अवस्था नरहेको उनले बताए ।

    उनले भने,‘ मौसम पूर्वानुमान हेर्दा खेरि त अहिले यो जुन बंगालको खाडीमा साइक्लोन बन्ने र अब बिस्तारै जमिनमा  परेपछि त्यो कमजोर हुँदै जाने त हुन्छ। तैपनि बिस्तारै यो उत्तर-पश्चिम सधैँ सर्दै जाँदा खेरि चाहिँ नेपालमा पनि त्यस्तो प्रभाव पर्ने हो कि भन्ने चाहिँ छ।’

    नेपालमा उक्त मौसमी प्रणालीको प्रभाव कति मात्रामा पर्ने र कति वर्षा हुने भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने उनको भनाइ छ । मौसम प्रणालीको विकासअनुसार प्रभावको मात्रा फरक पर्न सक्ने भएकाले निरन्तर अनुगमन भइरहेको उनले जानकारी दिए ।

    मौसमविद् लामिछानेका अनुसार नेपालमा मौसमी प्रणालीको प्रभाव करिब चारदेखि पाँच दिनसम्म रहन सक्ने देखिएको छ ।

    असोज ५-१२ सम्म बादल लाग्ने, हल्का वर्षा हुने र केही स्थानमा बढी वर्षा हुन सक्ने सम्भावना रहे पनि कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विवरण क्रमशः प्रष्ट  हुँदै जानेछ ।

    उनी भन्छन्,‘ साइक्लोन भारतको भू-भागमा रहने र त्यसको केही असरहरु चाहिँ नेपालमा पर्न सक्ने हो कि भन्ने छ। तर अब त्यसको कति मात्राको क्षति अथवा कति पानी पर्ने भनेर चाहिँ अहिले यकीन गर्न सकिने अवस्था छैन। सिस्टम अहिले नै बनिसकेको अवस्था छैन। बन्ने भन्ने पूर्वानुमान मात्रै हो।’

    उनले त्यसको प्रभावबारे विशेष बुलेटिन र चेतावनी नक्सामार्फत नियमित जानकारी गराउने बताएका छन् । मौसमी प्रणालीको प्रभाव पर्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।

    विशेषगरी धान भित्र्याउने समय रहेकाले किसानहरूलाई मौसमको पूर्वानुमानअनुसार आवश्यक सावधानी अपनाउन उनको सुझाव छ। बजारमा चक्रवातका कारण ठूलो वर्षा हुने चर्चा भइरहे पनि अहिले नै क्षतिको मात्रा वा प्रभावित क्षेत्रबारे निष्कर्ष निकाल्न नसकिने मौसमविद्को भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij