२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ढुवानी व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा आचार्य निर्वाचित

ढुवानी व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा आचार्य निर्वाचित

ढुवानी व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा आचार्य निर्वाचित

ढुवानी व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा आचार्य निर्वाचित

ढुवानी व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा आचार्य निर्वाचित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • बुटवल ।  ढुवानी व्यवसायी संघ लुम्बिनीको प्रथम साधारण सभा तथा अधिवेशनले माधवप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

    ओमसतिया–२, पडसरी, रुपन्देहीमा रहेको संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भेषराज बस्याल, प्रथम उपाध्यक्षमा रामनारायण ठाकुर (मुन्ना), द्वितीय उपाध्यक्षमा विशाल रायमाझी, महासचिवमा बिनोदकुमार अर्याल, सचिवमा रिषिबाबु कुँवर र कोषाध्यक्षमा दीपक रेग्मी निर्वाचित भएका छन्।

    त्यस्तै, कार्यसमिति सदस्यमा हरिबहादुर थापाक्षेत्री, पूर्णबहादुर केसी, दीपक गौतम र जीवन श्रेष्ठ प्रधान निर्वाचित भएका छन्। संघको पहिलो बैठकले रामकाजी श्रेष्ठ र विक्रम पन्थीलाई सल्लाहकारमा मनोनित गरेको छ।

    अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले प्रविधिको विकाससँगै यातायात क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग बढाएर ढुवानी सेवालाई स्मार्ट सेवाका रूपमा विकास गर्नुपर्ने बताए। समयअनुसार व्यवसायीले आफूलाई परिवर्तन गर्न नसके व्यवसाय अघि बढाउन कठिन हुने उनको भनाइ थियो।

    प्रमुख खाँले भैरहवा क्षेत्रमा ट्रक पार्किङका लागि उपयुक्त स्थान पहिचान गरी ढुवानी व्यवसायीसँगको सहकार्यमा ‘ढुवानी ग्राम’ निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

    कार्यक्रममा विशिष्ट अतिथि ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधव नेपालले ढुवानी क्षेत्रका समस्या राज्यसमक्ष महासंघले लिखित रूपमा राख्दै आएको बताए। सरकारका केही नीतिका कारण ढुवानी व्यवसाय संकटमा परेको उनको भनाइ थियो।

    संघका अध्यक्ष माधव आचार्यको अध्यक्षता तथा उपाध्यक्ष विक्रम पन्थीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक यातायात व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, ढुवानी व्यवसायी समिति रुपन्देहीका वरिष्ठ उपाध्यक्ष शंकर लम्साल, भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी, संघका सल्लाहकार तथा लुम्बिनी ट्रक व्यवसायी संघका पूर्वअध्यक्ष विष्णु खरेल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष यमप्रसाद पाण्डे, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमबहादुर जिसी तथा समाजसेवी विकास रायमाझीलगायतले धारणा राखेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij