२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कृष्णभिरको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउन अध्ययन सुरु

कृष्णभिरको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउन अध्ययन सुरु

कृष्णभिरको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउन अध्ययन सुरु

कृष्णभिरको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउन अध्ययन सुरु

कृष्णभिरको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउन अध्ययन सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  •  

    काठमाडौं । सरकारले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिरमा हुने पहिरो तथा सडक अवरोधको दीर्घकालीन समाधानका लागि सुरुङ वा भायोडक्ट (पिल्लरमाथि पुलजस्तो संरचना बनाएर सडक लैजाने प्रविधि) निर्माण गर्ने विकल्पमा अध्ययन सुरु गरेको छ ।

    सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा दिएको जानकारीअनुसार कृष्णभिरको समस्याको दीर्घकालीन समाधानका दुई विकल्पमा प्राविधिक अध्ययन अघि बढाइएको छ ।

     


    उनका अनुसार कृष्णभिर क्षेत्रमा सुरुङ निर्माण गर्ने वा अगाडितिर भायोडक्ट बनाएर सडक जोड्ने दुई विकल्पमा अध्ययन भइरहेको छ । त्यसका लागि प्राविधिक अध्ययन सुरु भइसकेको र करिब दुई महिनाभित्र प्राविधिक प्रतिवेदन तयार हुने उनले बताए ।

    प्राविधिक प्रतिवेदन आएपछि निर्माणका लागि ठेक्का प्रक्रियामा जाने विभागको तयारी छ ।

     

    ‘कृष्णभिरमा लङटर्मको लागि यसको भित्रबाट टनेल खन्ने अथवा अगाडितिर भायोडक्ट बनाएर जोड्ने गरेर स्टडी सुरु भइसकेको छ,’ जैशीले समितिमा भने, ‘दुई महिनाजतिमा टेक्निकल रिपोर्ट आउँछ । त्यसपछि हामी ठेक्कामा जान्छौं ।’

    कृष्णभिरमा पटक–पटक पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित हुँदै आएको छ । पछिल्लो समय गत भदौ १० गतेको भोटेकोशी–रसुवा बाढीको प्रभावले साविकको सडकको भाग भत्किएको छ । भदौ १४ गते कृष्णभिर खण्डको सडक भत्किएको थियो ।

    तत्कालका लागि भत्किएको सडकको माथितिरबाट ट्र्याक खोलेर सवारी साधन आउ–जाउको व्यवस्था मिलाइएको छ । तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन रूपमा जोखिम कम गर्ने गरी विभागले वैकल्पिक सडक निर्माणको कामसमेत अघि बढाएको जैशीले जानकारी दिए ।

    उनका अनुसार फिस्लिङ र बेनिघाटतर्फ पुल पारिपारि सडक लैजाने वैकल्पिक मार्ग निर्माणको काम पनि सुरु भइसकेको छ । फिस्लिङतर्फ करिब १।५ किलोमिटर भिर काट्ने काम सुरु भएको उनले बताए ।

    उक्त वैकल्पिक सडक तयार भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा समस्या आए पनि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ ।

    ‘साढे एक किलोमिटर फिस्लिङतिर भिर काट्ने काम सुरु भइसकेको छ,’ जैशीले भने, ‘यो भिर काटिसकेपछि यो राजमार्गले धेरै दुस्ख दियो भने एकदमै छिटो चलाउन सकिने भएर काम भइरहेको छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij