बुटवल । लुम्बिनी सिटी कलेजमा बीआईएम चौथो सेमेस्टरमा अध्ययनरत छात्रा नमुना पौडेलले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालित बीआईएम तेस्रो सेमेस्टरको परीक्षामा ३.९९ जीपीएसहित नेपाल द्वितीय हुन सफल भएकी छन्।
उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको भन्दै कलेजले सोमबार एक कार्यक्रमबीच पौडेललाई बधाई तथा सम्मान गरेको हो।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख प्रा. डा. गणेशप्रसाद पाठक, सहायक क्याम्पस प्रमुख नारायणप्रसाद भुषाल, कार्यक्रम संयोजक विशाल कँडेल, सुजन ढकाल, प्राध्यापकतर्फबाट ललिता अशोक गुरुङ तथा विद्यार्थी प्रतिनिधिहरूले पौडेललाई बधाई ज्ञापन गर्दै आगामी परीक्षामा अझ उत्कृष्ट प्रगतिको शुभकामना व्यक्त गरे।
कार्यक्रममा लुम्बिनी लाइट्सका अध्यक्ष कल्पित नेपाल तथा विद्यार्थी गुणस्तरीय इकाइका संयोजक उज्ज्वल गौतम लगायतको सहभागिता रहेको थियो।
पौडेलको उत्कृष्ट नतिजाले कलेजको शैक्षिक उपलब्धिमा थप योगदान पुगेको भन्दै सहभागीहरूले आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना दिएका थिए।




