बुटवल । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यु’ बुटवलमा सार्वजनिक गरिएको छ। बुटवलस्थित हुन्डाई सोरुममा एक कार्यक्रम आयोजना गरी नयाँ भेन्यु सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु रहेका थिए। कार्यक्रमको अध्यक्षता सिद्धि विनायक मोटोकर्पका अध्यक्ष सुनिल कृष्ण कसजु श्रेष्ठले गरेका थिए।
कार्यक्रममा सिद्धि विनायक मोटोकर्पकी डाइरेक्टर खुसी कसजु श्रेष्ठले कम्पनीको स्थापना र हालसम्मको यात्राबारे जानकारी दिइन्।
त्यस्तै, लक्ष्मी इन्टरकन्टिनेन्टलका एरिया सेल्स इन्चार्ज सुरज शर्माले अल न्यू भेन्युका विशेषताबारे जानकारी दिएका थिए।
नयाँ भेन्यु आकर्षक डिजाइन, आधुनिक प्रविधि र आरामदायी सुविधासहित बजारमा आएको कम्पनीले जनाएको छ। गाडीमा ट्विन हर्न एलईडी डीआरएल, एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निसजस्ता विशेषता छन्।
गाडीभित्र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड सनरुफजस्ता सुविधा छन्।
अल न्यू भेन्युमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प दिइएको छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न भेरियन्ट छनोट गर्न सक्नेछन्।
सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्टजस्ता सुविधा छन्।
नेपाली बजारमा अल न्यू भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो एचएक्स टु , एचएक्स फाइब प्लस रएचएक्स फाइब डिसिटि गरी तीन भेरियन्टमा उपलब्ध छ।
अल न्यू भेन्युको बुकिङसमेत खुलिसकेको छ। बुटवलका सेल्स इन्चार्ज रोशनी लिगलका अनुसार सार्वजनिक कार्यक्रमकै दिन तीन वटा गाडीको बुकिङ भएको छ।
बुटवलमा गाडी सार्वजनिक भएसँगै ग्राहकले सोरुममा पुगेर नयाँ भेन्युको डिजाइन, इन्टेरियर, सुविधा र पर्फर्मेन्सबारे जानकारी लिन तथा गाडी हेर्न सक्नेछन्।




